२३ दिनदेखि पैदल हिँडेर न्याय मार्चमा आएका मिटरब्याजपीडित काठमाडौंमा आन्दोलनरत छन् । भृकुटीमण्डपमा धर्नारत उनीहरू माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् । वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा...
रौतहट– नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन् । खातामा तलब नगएसम्म अडानसहित धर्ना बसेका ४ माविका प्रधानाध्यापक […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध कानुन व्यवसायीले बुधबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसन दिवसका अवसरमा उनीहरूले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
काठमाडौं, मंसिर २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । एक महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै निरन्तर आन्दोलनमा रहेको बारले उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गरेको छ । सर्वोच्च अदालतमा मंसिर १५ […]
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजना हुँदै आएको धर्ना जारी नै रहेको बताएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै धर्नाको कार्यक्रम यथावत रहेको उल्लेख गरेका हुन् ।
'सर्वोच्च परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टीसहित विरोध/धर्ना कार्यक्रम यथावत रूपमा सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा निरन्तर सहभागी हुन काठमाडौं उपत्यकाका सम्पूर्ण कानून व्यवसायीज्यूहरूलाई हार्दिक अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस्, व...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित वकिलहरू विरोध कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्। सोही क्रममा कानुन व्यवसायीहरूले मङ्गलवार बिहान सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्। आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै उनीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। आफ्ना माग पूरा नभएसम्म बहस पैरवी नगर्ने उनीहरूले बताएका छन्।
काठमाडौँ – नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ । उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो । आफूहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको […]
काठमाडाैं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहुन्जेलसम्म धर्ना जारी रहने बताइन् । तेलीले , ‘निर्मला कुर्मीको अभियुक्तहरूलाई तत्काल समातेर कारबाही गनुपने माग गरेकी छिन् ।
नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले आमरण अनसनलाई जारी राखेका छन् ।कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा केन्द्रीय छानविन समितिले आफ्नो ढंगले मनोमानी गरेको भन्दै प्रदेश नं. २ का विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्ना कार्यक्रम गरिरहेका छन् । क्रियाशिल सदस्यता […]