प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने उद्देश्य नेपाल बार एसोसिएसनले सर्वोच्चको मूल गेटमा धर्ना जारी राख्ने भएको छ ।
सर्वोच्चको गेटमा धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतवारदेखि पनि सर्वोच्चको गेटमा धर्नालाई निरन्तरता दिइने बताए ।
कानून व्यवसायीको धर्नाका कारण प्रधानन्यायाधीश जबरा शुक्रवार वैकल्पिक गेटबाट सर्वोच्च अदालतमा प्रवेश गरेका थिए ।
आइतवार पनि धर्नाका लागि बिहान साढे ९ बजे नै बारको प्रांगणमा भेला हुन उनले कानून व्यवसायीहरूलाई आह्वान ग...