जनकपुर : धनुषाको औरही गाउँपालिका-३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके। दुई/तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए।
‘धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन’, उनले भने, ‘गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु।’…