मोसेसको गोलमा पोखरा विजयी

काठमाडौँ- नेपाल सुपर लिग एनसएसएलको पहिलो खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा पोखराले चितवनलाई १–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेसले ७२ औँ मिनेटमा गोल गरे । यससँगै पोखराले ३ अंक जोडेको छ ।

सम्बन्धित सामग्री

पोखरा कप क्रिकेटः मदरल्यान्ड र कास्की मोर्डनाइज विजयी

पोखरा – पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन्। आइतबार पाँचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक विद्यालय र कास्की मोर्डनाइजले छोरेपाटन माध्यमिक विद्यालयलाई पराजित गरेका हुन्। पहिलो खेलमा मदरल्यान्डले बालमन्दिरलाई २३ रनले पराजित गरेको हो। मदरल्यान्डले दिएको १२४ रनको लक्ष्य पछ्याएको बालमन्दिरले […]

मदरल्यान्ड र गण्डकी बोर्डिङ विजयी

पोखरा – पोखरा कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र गण्डकी बोर्डिङ स्कुल विजयी भएका छन्। पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा मदरल्यान्डले हिमालयन मावि र गण्डकीले कास्की मोडनाइजलाई पराजित गरेका हुन्। पहिलो खेलमा हिमालयनले दिएको १३० रनको विजयी लक्ष्य मदरल्यान्डले १६ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो। मदरल्यान्डका लागि […]

पोखरा कप क्रिकेटः प्रतिभा र नेपाल भारतमैत्रीको जित

पोखरा – पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिभा माध्यमिक विद्यालय र नेपाल भारतमैत्री विद्यालय विजयी भएका छन्। पोखरा रंगशालको क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा प्रतिभाले सगरमाथा माध्यमिक विद्यालय र नेपाल भारतमैत्रीले एसओएस हर्मन माइनर विद्यालयलाई पराजित गरेको हो। पहिलो खेलमा प्रतिभाले दिएको १४७ रनको लक्ष्य पछ्याएको सगरमाथा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […]

बलियो नेपाल कप : कर्णाली र पोखरा क्रिकेट एकेडेमी विजयी

२२ चैत,  काठमाडौं । बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । बुधबारदेखि पोखरा रंगशालमा क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा समूह एमा रहेको कर्णाली एकेडेमीले पल्सर सीईसीलाई १० रनले हरायो । विराज सिंह भण्डारीको अलराउण्डर प्रदर्शनमा कर्णालीले रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको […]

पोखरा इन्जिनियरीङ्ग कलेजको स्वतन्त्र विधार्थी परिषद्‍मा नेविसंघको प्यानलनै विजयी

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विधार्थी परिषद्को निर्वाचनमा विजयको सुरुवात गरेको छ। पोखरा इन्जिनियरीङ्ग कलेज स्ववियु परिषद्को आजभएको निर्वाचनमा नेविसंघले प्यानलसहित विजयी प्राप्त गरेको हो। झण्डै २४ वर्षपछि पोखरा कलेज स्ववियु परिषद्को निर्वाचनमा नेविसंघ विजयी भएको र यसले अगामी चैत्र ५ गते हुँदै गरेको स्वतन्त्र विधार्थी युनियनमा […]

२२ औं आहा रारा पोखरा गोल्डकपमा धरानको विजयी सुरुवात, आयोजक सहारा बाहिरियो

१४ पुस, पोखरा । २२ औं आहा-रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो । धरानलाई जिताउन प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै निर्णायक भयो । धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै […]

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजापति विजयी

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । शनिबार बेलुका पोखरामा सम्पन्न भएको संघको ३४ औं अधिवेशनबाट अध्यक्ष प्रजापतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७ सय १६ मत अन्तरले पराजित गर्दै आगामी दुई वर्षको लागि अध्यक्षमा विजयी भएका हुन् ।पवनले १ हजार ६ सय १३ मत ल्याउँदा अध्यक्षका प्रत्यासी पोखरेलले […]

पोखरा महानगर कार्यपालिका सदस्यमा एमालेको प्यानल विजयी

काठमाडौं : पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएको छ।महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनीहरू सबैले ८६ मत प्राप्त गरे।दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन्। दियालीले सर्वाधिक ८७ मत पाए।

पोखरा महानगर कार्यपालिकामा एमालेको प्यानल विजयी

पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए । दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं

काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।