काठमाडौं : पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएको छ।महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनीहरू सबैले ८६ मत प्राप्त गरे।दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन्। दियालीले सर्वाधिक ८७ मत पाए।