तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

सरकारले मुलुकका तीन प्रमुख नदीमा जलयातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी,मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ । यीनदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो । यीमध्ये कतिपय नदीमा सानो आकारका स्टीमरलगायतका यातायात सञ्चालनमा छन् ।

सम्बन्धित सामग्री

पर्सिदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा

१ असोज, काठमाडौं । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार […]

दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

म्याग्दी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगंगा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी–५, ६, ९, १० का विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो । दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदीप रेग्मीले जानकारी दिए । दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।      दुवै योजनाको सर्वेको काम सकेर लागत लागत अनुमान तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त आयोजनामा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकारले र उपभोक्ताले १० प्रतिशत रकम लगानी बराबरको जनश्रमदान गर्नुपर्नेछ ।  रासस

विमानस्थल सञ्चालनमा आउने भएपछि लुम्बिनीमा होटलमा लगानी बढ्यो

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि रुपन्देहीमा पर्यटकलक्षित ठूला र स्तरीय होटलमा लगानी बढ्न थालेको छ । बुद्ध जन्मस्थल लुम्बिनी नजिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भएसँगै व्यवसायीले स्तरीय होटल तथा रेष्टुराँहरुमा लगानी बढाएका हुन् ।

साढे ६ दशकको पर्खाइ : ठूला विमानस्थल पूर्वाधारमा फड्को

वि.सं. २००६ मा गौचरण विमानस्थलबाट हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले नागरिक उड्डयन सेवा शुरू गरेको थियो । यद्यपि यो विमानस्थलको औपचारिक उद्घाटन भने वि.सं. २०१२ मा भएको थियो । यो तथ्य हेर्दा ठूला अन्तरराष्ट्रियस्तरका विमानस्थल पूर्वाधार विकास गर्न नेपालले साढे ६ दशक कुरेको देखिन्छ । उडान सेवा शुरू गरेको हिसाबले भने ७ दशक नै पुगेको छ । नेपालमा उड्डयन सेवा शुरू भएको यो अवधिका बीच अहिले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी अवस्थामा छ । यद्यपि यसमा पनि विभिन्न प्रक्रियागत विषय नटुंगिदा क्यालिब्रेशन उडानका साथै व्यावसायिक उडान कहिले शुरू हुने भन्ने निश्चित हुन भने सकेको छैन । मुलुकमा उड्डयन सेवा शुरू भएको दशकौंपछि भए पनि हाल अन्तरराष्ट्रियस्तरका थप दुईओटा विमानस्थल निर्माण भएर सञ्चालनको तयारीमा पुग्नुलाई उपलब्धिकै रूपमा लिन सकिन्छ । नेपालको एकमात्र अन्तरराष्ट्रियस्तरको विमानस्थल त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पमा अहिले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल झन्डै सञ्चालनको चरणमा छ भने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ८९ प्रतिशत प्रतिशत काम सम्पन्न भएको छ । यसैगरी निजगढ विमानस्थल निर्माणको योजना पनि अघि सारिएको छ । निजगढ विमानस्थल निर्माण र सञ्चालनमा सरकारले तीव्र चासो दिएर बजेट, निर्माणको मोडालिटी तय गरेमा अबको ५ वर्षभित्रै यो विमानस्थल पनि सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको आकलन छ । आन्तरिक तथा बाह्य यात्रु÷पर्यटक बढ्दो अवस्थामा रहेका बेला सरोकारवालाले हवाई पूर्वाधार नै अपुग भएको बताउँदै आएका छन् । सरकारले नै कोरोना भाइरस (कोभिड–१९) पूर्व नै नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो भने अर्काेतर्फ आन्तरिकतर्फ पनि यात्रु बढिरहेका छन् । यात्रु र गन्तव्य बढ्दै जाँदा खासगरी अन्तरराष्ट्रिय उडानतर्फ पूर्वाधार विस्तार नहुँदा उडानमा चाप पर्ने गर्छ । तर, २०५१ सालदेखि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन गरिएका अध्ययन र यो आवश्यकता सम्बोधनका लागि तदारुकता नदेखिँदा अर्काे अन्तरराष्ट्रिय विमानस्थल बन्न लामो  समय लागेको छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल हुँदा हवाई तथा यात्रुको चाप बढेपछि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन उपयुक्त स्थान पहिचानको गरिएको थियो । काठमाडौं मात्र नभई अन्य स्थानमा पनि स्तरीय विमानस्थल बनाउन अध्ययन शुरू भएको थियो । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनको अवस्थामा पुग्नै २७ वर्ष लागेको छ । त्यतिबेला दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउन निजगढसहित विभिन्न ११ ओटा स्थान छनोट गरिएको थियो भने निजगढ नै उपयुक्त विमानस्थल बन्न सक्ने ठहर गर्दै यसमा काम अघि बढाइएको छ । हाल गुरुयोजना बनिसकेको र अधिग्रहण गरिएको जग्गामा तारबारको काम सकिएको निजगढ विमानस्थललाई नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि सारिएको छ । यद्यपि यो विमानस्थलभन्दा लगानी र निर्माणका हिसाबले तत्कालका लागि गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल उपयुक्त देखिएपछि अहिले यी दुवै विमानस्थललाई निर्माण तथा सञ्चालनको अन्तिम चरणमा पु¥याइएको छ । निजगढ विमानस्थल निर्माण गर्न शुरूदेखि नै अर्थात् जग्गा अधिग्रहणदेखि अन्य सबै काम ‘फ्रेस’ नै हुने भएकाले सरकारले सञ्चालनमै रहेका भैरहवा र जग्गा अधिग्रहण भइसकेको पोखरा विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन शुरू गरेको हो । पोखरा र भैरहवा विमानस्थलमा केही लगानी थप्दा मात्रै पनि अन्तरराष्ट्रिय स्तरको बनाउन सकिने आधार थियो । पोखरा विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउन २०३१ सालमै जग्गा अधिग्रहण गरिएको थियो । पोखरा पर्यटकीय दृष्टिले पनि उपयुक्त मानिएको हुँदा आन्तरिक र अन्तरराष्ट्रिय उडान गर्न यो विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको थियो । निजगढमा ठूलो लगानी (७ खर्ब प्रक्षेपण), जंगल क्षेत्र, बस्ती समेत भएकाले त्यहाँ छिटो निर्माण सम्पन्न गर्न असम्भव थियो । नेपाल–भारत सीमा क्षेत्र नजिक, हवाई इन्धनको ढुवानी सहज, तराई भूमिमा विमान अवतरण गर्न अनुकूल र देशको मध्य भागमा रहने हुँदा देशका सबै यात्रुलाई सुविधा हुने हिसाबले निजगढ विमानस्थल निर्माण गर्न सिफारिश गरिएको थियो । साथै ठूलो क्षेत्रफलमा बन्ने भएकाले ट्रान्जिट र कार्गाे हबको रूपमा बहुउद्देश्यीय रूपले प्रयोग गर्न सकिने भएकाले सिफारिश गरिएको थियो । काठमाडौंमा मात्र केन्द्रित हुँदै आएको हवाई उडान ‘डाइभर्ट’ गर्न पनि यी विमानस्थलहरू सञ्चालनमा ल्याउन जरुरी छ । कोरोना भाइरस संक्रमणका कारण अन्य पूर्वाधार आयोजनाका साथै विमानस्थल पूर्वाधार विकास तथा निर्माणमा पनि ढिलाइ भएको छ, जसकारण पोखरा विमानस्थलको म्याद नै १ वर्ष थपिएको छ भने सञ्चालन लागि तयार भएको गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडानका लागि मिति सारिँदै आएको छ । पछिल्लो समय कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट देखापर्दा यी आयोजनामा थप विलम्ब हुने हो कि भन्ने आंशका पनि उत्पन्न भएको छ । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान छिटो गर्नुपर्नेछ । साथै व्यावसायिक उडान गर्दा विमानस्थल सञ्चालन तथा व्यवस्थापनको मोडालिटी पनि तयार गर्नुपर्छ । खाँचो सञ्चालन मोडालिटीको निर्माण सम्पन्न हुँदै गर्दा यी दुई विमानस्थल कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले छिटो मोडालिटी तय गर्नुपर्नेछ । ९८ दशमलव ७६ प्रतिशत काम सम्पन्न भइसकेको गौतमबुद्धमा छिट्टै नै क्यालिब्रेसन उडान हुँदै छ । यसको ५ महिनाभित्रै व्यावसायिक उडान गर्न गौतमबुद्ध विमानस्थल तयार हुने प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए । तर, यो विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने, प्राधिकरणले सञ्चालन गर्ने कि निजीक्षेत्र र अन्तरराष्ट्रिय कम्पनीको साझेदारीमा सञ्चालन गर्ने भन्ने विषय स्पष्ट हुन सकेको छैन । यस्तै यो व्यवस्था हाल ८९ प्रतिशत काम सम्पन्न भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि लागू हुन्छ । सञ्चालनको मुखमा रहेका यी दुई विमानस्थल सरकार तथा प्राधिकरणले सञ्चालन गर्न नहुने प्राधिकरणका अधिकारी बताउँछन् । विमानस्थल सञ्चालन र त्यसबाट हुने राजस्व संकलन नै प्राधिकरणको आम्दानीको स्रोत हो भने अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्राधिकरणको प्रमुख आम्दानीको स्रोत हो । सञ्चालनको मुखमा रहेका यी विमानस्थल भने सरकार तथा प्राधिकरणले सञ्चालन गर्न नहुने तर्क प्राधिकरणका अधिकारीले अघि सारेका छन् । सरकार तथा प्राधिकरणले नै सञ्चालन गर्ने भन्दा पनि प्राधिकरणले प्राविधिक रूपमा सघाउने तर सञ्चालन तथा व्यवस्थापन भने निजीक्षेत्र वा अन्तरराष्ट्रिय कम्पनीले गर्नुपर्छ । यसका लागि सार्वजनिक–निजी–साझेदारी (पीपीपी)मा जानुपर्ने ती अधिकारीले बताएका छन् । यसले गर्दा व्यावसायिक रूपमा पनि क्रियाकलाप बढाउन सकिने हुँदा आम्दानी बढ्छ । अब सञ्चालन हुने अन्तरराष्ट्रिय विमानस्थल निजीक्षेत्रसँग समन्वय गरेर अन्तरराष्ट्रिय मापदण्डमा चलाउनुपर्छ । सबै खर्च प्राधिकरण तथा सरकारले गर्न सक्दैन । प्राविधिक सहयोग प्राधिकरणले गरे पनि व्यवस्थापन तथा सञ्चालन निजी क्षेत्रबाट आउनुपर्नेमा सम्बद्ध अधिकारीले जोड दिएका छन् । यसले विमानस्थलको सेवा, सुविधा र गुणस्तर राम्रो हुने भएकाले सरकारले छिट्टै विमानस्थल सञ्चालन मोडालिटी तय गर्नुपर्छ । त्रिभुवन विमानस्थलमा बढ्दो ‘मुभमेन्ट’ नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विमान उडान अवतरणका साथै यात्रु संख्या पनि बढ्ने देखिएको छ । कोरोना भाइरस शुरू हुँदाको वर्ष सन् २०२० को तुलनामा २०२१ मा यात्रु संख्यामा उल्लेख्य सुधार देखिएको छ । सो विमानमा २०२१ नोभेम्बरसम्ममा ९ हजार ९७२ उडान हुँदा १२ लाख ३६ हजार ४८६ यात्रुले सेवा लिएका छन् । सन् २०२० मा उडान र अवतरण गरी कुल ९ हजार ५३९ उडान हुँदा कुल १० लाख ३९ हजार २६१ यात्रुले हवाई यात्रा गरेका थिए । यसैगरी आन्तरिकतर्फ २०२१ को नोभेम्बरसम्म उडान र अवतरण ७२ हजार ८२ पटक हुँदा कुल ३१ लख १६ हजार ५७८ यात्रुले सेवा लिएका छन् भने सन् २०२० मा यस्तो उडान अवतरण जम्मा ३२ हजार ८५१ पटक भएको थियो । यस क्रममा कुल जम्मा ११ लाख ४३ हजार ५५२ यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए ।

तयार भयो चोभार सुक्खा बन्दरगाह

काठमाडौं । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ । २०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस (कोभिड १९) लगायत कारणबाट निर्माणमा ढिलाइ भएको थियो । २२० रोपनी जग्गामा फैलिएको यो बन्दरगाह निर्माणका लागि रू. १ अर्ब २८ करोड लागत अनुमान गरिएको थियो तर निर्माण सम्पन्न भइसक्दा भने करिब डेढ अर्ब खर्च भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह सञ्चालनको तयारी भइरहेको जानकारी दिए । बन्दरगाह निर्माण भइसकेको भन्दै उनले अब यहाँ भन्सार, क्वारेन्टाइन, सुरक्षासम्बन्धी व्यवस्था, बैंक जस्ता स्टेक होल्डरहरू ल्याउने तयारी भइरहेको बताए । ‘यो बन्दरगाह नाकाभन्दा टाढा भएको हुँदा वीरगञ्जको बन्दरगाह हुँदै सामान काठमाडौं ल्याउनुपर्छ,’ गजुरेलले भने, ‘त्यसमा सुरक्षाका विषयदेखि भन्सारले गर्ने तयारीहरूसम्म पर्छन् ।’ कहिलेदेखि सञ्चालन गर्न सकिन्छ अझै यकिन नभएको उनको भनाइ छ । यो सुक्खा बन्दरगाहमा तीनओटा गेट, तीनओटा भवन (भन्सार, क्वारेन्टाइन र प्रशासनिक), तीनओटा ठूला गोदाम, भन्सार प्रयोजनका लागि संरचना, पार्किङ र्‍याड, कन्टेनर पार्किङ र्‍याड निर्माण भई तयारी अवस्थामा छन् । यसैगरी उक्त बन्दरगाहमा ५०० ओटा कन्टेनर पार्किङ गर्न सकिन्छ भने सोही संख्यामा अन्य सवारीसाधनहरू पनि पार्किङ गर्न सकिन्छ । बन्दरगाह बनेसँगै काठमाडौंका व्यवसायीहरूले आफ्ना सामान यही ल्याएर उपभोक्तालाई छिटो अवधिमै उपलब्ध गराउन पाउनेछन् । यसले लजिस्टिक मूल्य पनि घटाउन मद्दत गर्छ । वीरगञ्ज बन्दरगाहबाट सीधै चोभार बन्दरगाहमा सामान ल्याउँदा केकतिले लजिस्टिक मूल्य घट्छ भन्ने विषयमा पनि अध्ययन गरिने उनको भनाइ छ ।

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

काठमाडौं, साउन १८। हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो । गौतमबुद्ध विमानस्थलका […]

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो ब हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा

अक्सिजन उत्पादनतर्फ स्थानीय तह

कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव भइरहेका बेला स्थानीय तह आफैले अक्सिजन उत्पादन गर्न अग्रसर हुन थालेका छन् । अक्सिजनको अभावमा कतिपय अस्पतालमा बिरामी छटपटाइरहेको र कतिको ज्यानै जान थालेपछि स्थानीय तह आफैले अक्सिजन प्लान्ट सञ्चालनको तयारी गर्न थालेका हुन् । आआफ्नो पालिकाभित्र भएका ठूला प्रकृतिका अस्पतालसँग सहकार्य गरेर स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेका हुन् । अहिले उपत्यका काठमाडौँ, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका छन् । काठमाडौँ महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्न थालिसकिएको छ । काठमाडौँ महानगरपालिकाको दुई करोड ७५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्टको स्थापना गरिएको महानगरपालिकाले जनाएको छ । उक्त अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेकोे छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिने गरी अक्सिजन प्लान्ट स्थापना गरिएको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।