काठमाडौं : काठमाडौंमा हैजाका थप दुईजना बिरामी भेटिएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको हो। कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको महाशाखाले जनाएको छ।यसअघि १२ पुरुष र ५ महिलामा हैजा संक्रमण पुष्टि भएको थियो।योसँगै काठमाडौं उपत्यकामा उपत्यकामा हैजाका बिरामी १९ पुगेको महाशाखाका हैजा रोगका सम्पर्क व्यक्ति डा. खगेश्वर गेलालले बताए।हैजा तथा झाडापखाला