यो त हामीले सपनामा पनि कल्पना गरेका थिएनौं । ६२ वर्षीय जयबहादुर धामी आफैंले गरेको घासँखेतीबारे अनुभव सुनाउँछन् । “मैले अहिले १० क्विन्टल जै घाँस (ज्वाँतो) को बीउ उत्पादन गरेको छु, एक क्विन्टलको ५ हजारको हिसाबले यस वर्ष ५० हजार आम्दानी हुनेभयो,” उनले भने ।
नवदुर्गा गाउँपालिका–३ डाँडावन निवासी उनले २०६८ सालमा पहिलो पटक जै घाँस लगाएका थिए । “सुरुको वर्ष मलगायत चारजनाले जिल्ला पशुसेवा कार्यालयले दिएको घाँसको बीउ लगायौं , त्यो वर्ष ढेड क्विन्टल फल्यो,” उनले भने, “दोस्रो वर्ष साढे तीन क्विन्टल र तेस्रो वर्ष सात क्विन्टलसम्म फलायौं ।”