गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडौँ रकम भित्र्याइ रहेका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा […]