१८ महिनापछि खुलेको बेलहिया नाकामा चहलपहल (तस्बिरहरु)

१८ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमा नाका बेलहिया खुला भएको छ । नाका खुला भएसँगै यहाँबाट भारत जाने र भारतबाट आउनेहरुको चहलपहल सुरु भएको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरेसँगै आइतबारदेखि यहाँ चहलपहल देखिएको हो ।नाका सञ्चालन गर्न मन्त्रालयबाट पत्र आएपछि बेलहिया नाकाबाट गाडीहरूको आउजाउ सुरु भएको रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । नाका खुला भए पनि नेपाल आउने यात्री र पर्यटकल

सम्बन्धित सामग्री

बेलहिया नाकामा नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य

तीन दिनदेखि सीमा नाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झण्डै चारसय नेपाली स्वदेश फर्किन थालेका छन् । विगत १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ । कोभिड–१९ को कारण २०७६ चैत १० गतेदेखि नेपाल–भारत सीमा बन्द रहेको थियो । बीचमा सरकारले नाका सुचारु हुने संकते गरे पनि कोभिड दोस्रो चरण देखिए पछि सुचारु हुन सकेको थिएन ।

१८ महिनापछि बेलहिया नाका खुल्यो

काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ । नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णयगरेसंगै नाका खुला गरिएको हो । नाका खुला भएपनि नेपाल आउने यात्री […]