भारतको सुनौली मेनरोडस्थित नारायण किराना स्टोरका सञ्चालक रामप्रकाश मधेसिया १८ महिनापछि सुनौली–बेलहिया नाका खुलेपछि खुसी देखिन्छन् । नाका खुलेपछि नेपाली ग्राहकमा निर्भर सुनौली बजारमा चहलपहल सुरु भएको छ । लामो समय नाका बन्द हुँदा शून्यजस्तै बनेको सुनौलीको व्यापार अब चल्ने आशमा यहाँका व्यापारीहरुले पसलमा नयाँनयाँ सामान मगाउने र पुराना ग्राहकहरुलाई किनमेलका लागि सम्पर्क गर्न थालेका छन् ।मुख्यतः सुनौली बजारमा स्थानीय ग्राहक १० प्रतिशत र नेपाली ग्राहक ९० प्रतिशत हुने गर्दछन् । सुनौली मेनरोडमा बेस