बेलहिया नाकामा नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य

तीन दिनदेखि सीमा नाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झण्डै चारसय नेपाली स्वदेश फर्किन थालेका छन् । विगत १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ । कोभिड–१९ को कारण २०७६ चैत १० गतेदेखि नेपाल–भारत सीमा बन्द रहेको थियो । बीचमा सरकारले नाका सुचारु हुने संकते गरे पनि कोभिड दोस्रो चरण देखिए पछि सुचारु हुन सकेको थिएन ।

सम्बन्धित सामग्री

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक स्थगित

अस्वस्थ भएपछि उहाँले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराउनुभएको छ । उहाँको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

ओमिक्रोन त्रास : मुस्ताङ जान पिसिआर रिपोर्ट र पूर्ण खोप अनिवार्य

म्याग्दी (अस) । कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भाव्य संक्रमणलाई दृष्टिगत गर्दै जिल्ला प्रवेशमा कडाइ गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि जनजीवन सामान्य बन्दै गएपछि मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्दै गएको थियो । तर, बाह्य मुलुकमा ओमिक्रोन संक्रमण देखिन थालेपछि पर्यटक मार्फत संक्रमण फैलन सक्ने सम्भावना रहेकाले मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार विशेष गरी पर्यटकहरूका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । तर, मुस्ताङमा स्थायी बसोवास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो शर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । ‘मंसिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागु हुनेगरी मुस्ताङ प्रवेशमा विशेषगरी घुम्न आउनेहरूका लागि कडाइ गरेका छौं, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,’ प्रजिअ शर्माले भने, ‘नेपाल भित्रिएका बाह्य पर्यटक तथा आन्तरिक पर्यटक एक पटक मुस्ताङ पुगेर आउने सोच राखेका हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको बेलामा पर्यटकहरूको माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।’ जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न आदेश दिएको छ ।

गण्डकी सरकारद्वारा गोरखालाई आठ हजार ६५५ थान एन्टिजेट किट प्रदान

गोरखा : गण्डकी प्रदेश सरकारले गोरखाका विभिन्न स्थानीय तहलाई आठ हजार ६५५ सेट एन्टिजेन किट दिएको छ। मंगलबार गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा कानुनमन्त्री रामशरण बस्नेतले स्वास्थ्य कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख नरजंग ठकुरीलाई हस्तान्तरण गरेका हुन्।एन्टिजेन किटबाट  गरिएको परीक्षणबाट तत्काल कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ। प्रदेशभरका ११ वटै जिल्लामा आवश्यकताअनुसार किट वितरण गरिने मन्त्री बस्नेतले बताए।गोरखामा पिसिआर रिपोर्ट ढिलो आउँदा कोरोना परीक्षणको दर केही

जिल्ला प्रवेश गर्न पिसिआर र एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो।...

कोरोना सङ्क्रमितमुक्त  बन्यो हुम्ला

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।    गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष क...