पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधाजसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक आठ प्रजातिमध्ये एक प्रजाति विलुप्त हुने सँघारमा रहेको देखिएको छ।...
आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।...
केन्द्रीय दुग्ध सहकारी संघको मागको आधारमा लागतको अध्ययन गरेर सरकारले दूधको विक्री मूल्य बढाउने तयारी गरेको छ । दुई वर्षअघि मूल्य वृद्धि भएयता दानालगायत गाईभैंसी पालनका लागि आवश्यक वस्तुहरूको मूल्य निकै बढेको छ । यस हिसाबले मूल्य वृद्धिको माग र सरकारको निर्णय आफ्नो ठाउँमा उचितै होला । तर, यस्तो मूल्य वृद्धिले किसानका समस्या भने समाधान गर्दैन ।
किसानको लागत कम पर्नेगरी विभिन्न कुरामा छूट तथा अनुदान दिइनुपर्छ । दाना उद्योगका लागि नेपालमै कच्चा पदार्थ उपलब्ध हुने व्यवस्था नभएसम्म आयातित दानाकै कारण प्रत्येक वर्ष दूधको मूल्य समायोजन गर्दै जानुपर्ने हुन्छ ।
कुनै पनि व्यवसाय नाफाकै लागि गरिन्छ । पशुपालन पनि त्यस्तै गाईभैंसी पालेर त्यसको दूध विक्री गर्दै आएका किसानहरू अहिले दानाको मूल्य बढेकाले घाटा भएको गुनासो गर्दै छन् । तर, यो समस्याको समाधानका लागि मूल्यवृद्धि भन्दा लागत न्यून बनाउनु बढी महत्त्वपूर्ण र लाभदायी हुन्छ । मूल्यवृद्धि हुँदा किसानलाई तत्कालका लागि फाइदा नै हुन्छ । तर, यसले एकातिर मुद्रास्फीति बढाउँछ भने अर्कोतिर वर्षैपिच्छे यसै गरी मूल्य बढाइरहनुपर्ने हुन्छ ।
नेपाल दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै छ । कुनैकुनै याममा दूध नबिकेर धूलो बनाएर राख्नुपर्ने बाध्यता छ । यसरी आत्मनिर्भर बन्दै गए पनि दानालगायत कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने हुँदा मूल्यवृद्धिमा सधैं दबाब आइरहने देखिन्छ । पशुपालनका लागि चाहिने दाना विदेशबाट ल्याउनुपर्छ, नेपालमा भएका दाना उद्योग पनि कच्चा पदार्थका लागि विदेशमै निर्भर हुनुपर्ने अवस्था छ । यी दुवै अवस्थामा कच्चा पदार्थको मूल्य वृद्धिले दूधको मूल्यलाई दबाब पारिरहेको नै हुन्छ । त्यसैले किसानको लागत कम पर्नेगरी विभिन्न कुरामा छूट तथा अनुदान दिइनुपर्छ । दाना उद्योगका लागि नेपालमै कच्चा पदार्थ उपलब्ध हुने व्यवस्था नभएसम्म आयातित दानाकै कारण प्रत्येक वर्ष दूधको मूल्य समायोजन गर्दै जानुपर्ने हुन्छ ।
नेपाालमा पशुपालन गर्ने किसानको लागत उच्च छ । त्यसमा पनि अहिले बढी दूध दिने प्रजाति भन्दै विदेशबाट ल्याइएका विभिन्न प्रजातिका गाईभैंसी पाल्ने गरिन्छ । यिनले दूध धेरै दिन्छन् तर खर्च पनि स्थानीय गाईभैंसीका लागि भन्दा निकै बढी छ । यस्ता प्रजातिका गाईलाई औषधिहरू पनि बढी खुवाउनुपर्ने, दाना नै चाहिने हुँदा खर्च बढी हुने गरेको हो । त्यसैले यसको विकल्पमा आयातमा निर्भर हुने पशुपालनभन्दा स्थानीय रूपमा उपलब्ध हुने घाँसपरालमा निर्भर पशुपालनलाई प्रोत्साहन गर्नु बढी उपयुक्त देखिन्छ । तर, यसका लागि थुप्रै अनुसन्धान गरिनु आवश्यक छ । उन्नत जातको गाई स्वाभाविक महँगो पशुपालन हो । त्यसको तुलनामा भैंसीपालन आर्थिक रूपमा बढी लाभदायक हुनुपर्ने हो तर हुन सकेको छैन । गाईको दूधमात्रै काम लाग्ने तर भैंसीको प्रयोग धेरै थोकमा हुने हुँदा भैसीपालन बढी लाभदायी देखिन्छ । गाईको दूध बढी उत्पादन हुने भएकाले मानिसहरूले भैंसी कमै पाल्ने गरेको पाइन्छ । तर, दूध थोरै आए पनि भैंसीको मासुलगायत वस्तु बेच्दा लाभ बढी नै हुने देखिन्छ । यी केही उदाहरण हुन्, लागत न्यून गर्नका लागि । कुनकुन क्षेत्रमा लागत घटाउन सकिन्छ, त्यो हेर्नुपर्छ । सरकारले गठन गरेको अध्ययन समितिले लागत घटाउन सकिने विषयका बारेमा अध्ययन गरेको छैन, कति मूल्य बढाउन उपयुक्त हुन्छ भन्ने मात्रै हेरेको पाइन्छ । यसरी लगानीको अनुपात हेरेर दूधको मूल्य बढाउन थालियो भने नेपालको पशुपालनमा पनि समस्यामा पर्छ र आत्मनिर्भरतातर्फ उन्मुख भनिएको दुग्ध व्यवसाय पनि संकटमा फस्न सक्छ ।
नेपाली उत्पादन महँगो हुँदै गएमा विदेशबाट दूध आयात गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तोमा यस क्षेत्रमा विदेशी लगानी आकिर्षत हुन्छ । अहिले नै केही विदेशी ब्रान्ड नेपालको दुग्ध व्यवसायमा आउन आतुर रहेको देखिन्छ । मूल्य वृद्धिले उनीहरूलाई अवसरको ढोका खोल्न सक्छ । अतः मूल्यवृद्धिको विकल्पमा लागत कम गरी किसानहरू लाभान्वित होऊन् भन्नेमा सरकारको ध्यान जानुपर्छ ।
पर्यावरणमा असर पर्दै गएपछि पानी चरा पनि संकटमा पर्दै गएका छन्। पर्यावरणमा परेको असरले नै पानी चराहरु नियमित रुपमा देखिन छाडेका छन्। पाँच सात वर्षको अन्तरालमा पानी चरा देखिने गरेका छन्। केही चरा भने गणनाको क्रममा गत वर्ष र यो वर्षपनि देखिएका छन्।...
नेपालमा पाइने विभिन्न प्रजाति रेप्टाइल्स मध्ये घडियाल गोही अति संकटमा रहेको प्राणी हो । नेपालमा मात्र नभइ विश्वमा नै यसको संख्या तीब्र गतिमा घटिरहेको छ । अति संकटमा रहेको प्राणी भए पनि विगत केही वर्षयता नेपालमा घडियाल गोहीको संख्या सुखद् वृद्धि भइरहेको छ । घडियाल गोहीको संरक्षणको उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यलय कसरामा सन् […]
अछाम। विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। प्रदेश नम्बर ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने ...
अछाम : विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। प्रदेश नम्बर ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने उक्त जातको गाई लोप हुने अवस्थामा पुगेको छ। अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकाले यस गा...
गुलरिया । एकै प्रजाति र वंशभित्रको प्रजननका कारण लोपोन्मुख वन्यजन्तु कृष्णसारमा प्राकृतिक गुण हराउन थालेको छ।
बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुर संरक्षण क्षेत्रको प्राकृतिक वासस्थानमा पाइने...