चीनबाट भित्रियो ६ अर्बको स्याउ

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ।नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७र०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरक

सम्बन्धित सामग्री

चार महिनामा नेपालीले पौनै तीन अर्बको विदेशी स्याउ खाए

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालले २ अर्ब ८० करोड १४ लाख ३९ हजार रुपैयाँको स्याउ विभिन्न देशबाट आयात गरेको छ। उक्त मुल्यमा ३ करोड ७९ लाख ५१ हजार ५२५ केजी स्याउ नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। सो अवधिमा भारतबाट १ अर्ब ७८ करोड र चीनबाट १ अर्ब २ करोड रुपैयाँको स्याउ नेपालले आयात गरेको छ।

तिहार नजिकिएसँगै चीनबाट ओखरको आयात बढ्दै

तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेको हो । दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् […]

कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ

गलकोट – बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गर्छन् । दसैँ तिहारको अवसरमा बागलुङेहरुले कोसेलीका रूपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलन छ । हिमालपारिको जिल्ला मुस्ताङबाट आयात गरिएको च्याङ्ग्रा र स्याउ नवविवाहित जोडीले कोसेलीका […]

साउन महिनामा भित्रियो ९२ लाख किलो स्याउ

चालू आर्थिक वर्षको साउन महिनामा विदेशबाट ९२ लाख किलोग्राम स्याउ भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को साउन महिनामा उक्त परिमाण बराबरको ६९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको स्याउ भित्रिएको हो ।आयातकर्ताले उक्त मूल्य बराबरको स्याउ आयात गर्दा राज्यलाई १० करोड २ लाख रुपैयाँ बराबरको राजश्व बुझाएका छन् । यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको छ । विभागका अनुसार भारतबाट ४३ करोड ५० लाख बराबरको ६५ लाख कित्ता स्याउ भित्रिएको छ ।यस्तै, चीनबाट २६ करोड ३७ लाख रुपैयाँ बराबरको २६ लाख

चीनबाट ६ अर्बको स्याउ आयात

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ ।नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब […]

चीनबाट ६ अर्बको स्याउ भित्रियो

काठमाडौं । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ । नेपालले गत आ.व. २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार गत आ.व.मा नेपालले […]

एक महिनामै आयो ९२ लाख किलो स्याउ, भारतबाट ६ गुणा बढ्दा चीनबाट ५९ प्रतिशत घट्यो

परिणात्मक रुपमा स्याउको आयात गत वर्षको तुलनामा १७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षकाे साउन महिनामा ७८ लाख २६ हजार ३८७ केजी स्याउ साउनमा भित्रिएको थियो ।

चीनबाट रसुवागढी नाकाहुँदै भित्रियो १० कन्टेनर स्याउ

साउन २५, रसुवा । रसुवागढी नाकाबाट आइतवार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतबार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ ।             आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले बताएका छन् । स्याउ सड्ने गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए।             उनका अनुसार अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर ५० देखि ६० लाख रुपैयाँसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट भने प्रतिकन्टेनर  १ लाख रुपैयाँमात्र असुली हुन्छ । रसुवागढी नाकाबाट स्याउ आयातको परिमाण बढ्न थालेपछि व्यापारिक केन्द्रबाट सर्वसुलभ मूल्यमा खरीद गर्न सहज हुने उपभोक्ताले अपेक्षा राखेका छन् ।            राजस्व असुलीमा सुधार             यस्तै रसुवा भन्सार कार्यालयले चीनबाट आयात भएका माल सामग्रीबाट २३ दिनको अवधिमा भन्सार शुल्कबापत ५१ करोड ५३ लाख ३० हजार रुपैयाँ राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७७र७८ को यसै अवधिको तुलनामा यो अवधिमा ४५ दशमलव ७७ प्रतिशतले राजस्व वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।             यही साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करीब १५ करोड रुपैयाँ सवारी साधन आयातबाट प्राप्त भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए। नयाँ आवको शुरुदेखिनै निरन्तररूपले पिकअप एवं माइक्रोबसजस्ता सवारी साधन आयात बढ्न थालेको छ । नेपालमा निर्माणाधीन जलविद्युतका उपकरण, जुत्ताचप्पल, तयारी पोशाक, लसुन, अदुवा एवं अक्सिजन उत्पादनका उपकरण तथा सिलिन्डरका साथसाथै मेडिकललगायत विविध सामग्री आयात भइरहेको भन्सार कार्यालयले बताएको छ ।             पहिलो कहरको कोभिड–१९ का कारण चिनियाँ सवारी साधनले नै रसुवागढीसम्म माल सामग्री पु¥याउन थालेपश्चात् आयात भइरहेका माल सामग्रीको परिमाण भारी मात्राले घटेको छ । सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुई देशका छिमेकी अधिकारी बीच गत वर्ष मितेरीपुलमा सम्पन्न नियमित बैठकबाट दैनिक १५ कन्टेनर सामग्री नेपाल पठाउने सहमति भए पनि कोरोना सङ्क्रमणकै कारण हालसम्म सात कन्टेनर मात्र आयात भइरहेको भन्सार अधिकारीले बताए ।             कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि सीमा क्षेत्रमा स्वास्थ्यको पूर्ण मापदण्ड अपनाए र क्वारेन्टाइनमा बसेका सवारी चालक तथा कामदार मात्र परिचालन गरिएकाले पूर्ववत्रूपमा सामग्री पठाइदिन समकक्षी छिमेकी अधिकारीलाई आग्रह गरे पनि कार्यान्वयन हुन बाँकी रहेको भन्सार कार्यालयले बताएको छ । रासस