शेखर कोइराला पार्टी सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।  नेपाल प्रेस युनियन खोटाङले आज त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।  नेता कोइरालाले अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए । 

सम्बन्धित सामग्री

सभापतिमा निधिको समर्थन पनि देउवालाई

काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार बनेका कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा निधिले देउवालाई सघाउने हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिएका देउवा,निधि,डा शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि […]

काँग्रेस महाधिवेशनमा पौडेलले मतदान नगर्ने

काठमाडौँ । काँग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने बताइएको छ । सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए। आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट […]

कांग्रेस सभापतिमा उम्मेदवारी दिने को हुन् शेखर कोइराला ?

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा सभापतिमा डा. शेखर कोइरालाले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेस सभापतिका लागि शेखर सहित वर्तमान सभापति शेरबहादुर देउवा,प्रकाशमान सिंह,विमलेन्द्र निधि,कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएकामा न्यौपानेले भने शेखरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ ।को हुन शेखर ?शेखर पेशाले डाक्टर हुनुहुन्छ । उहाँले […]

निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि टीम भने बनाएका छैनन्।सभापति पदमा कल्याण गुरुङ, युवराज न्यौपाने, डा. शेखर कोइराला तथा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।  कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।  गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...

आफ्नै पक्षमा सहमति जुटेन, वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्। आफ्नै समूहबाट सर्वसम्मत नभएपछि पौडेलले सभापतिमा उम्मेदवारी दिने परिस्थिति नबनेको उनी पक्षीय नेता बद्री पाण्डेले जानकारी दिए।प्रकाशमान सिंह र डाक्टर शेखर कोइराला दुवैजना उठ्ने भएपछि पौडेल उम्मेदवारी नदिने निष्‍कर्षमा पुगेका हुन्। संस्थापनइतरबाटै सभापतिका दुई जनाउम्मेदवार हुने भएपछि पौडेलले कसलाई समर्थन गर्ने भन्नेबारे अहिले नै स्पष्ट भइनसकेको पाण्डेको भनाइ छ।सिंहले केहीबेरमा शक्ति प्रदर्शनसहित उम्मे

प्रकाशमानले छाडेनन् सभापतिमा दाबी, दबाबमा शेखर कोइराला

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले कुनै हालतमा पार्टी सभापतिमा उम्मेदवारी दिने अडान लिएका छन् । यससँगै साझा उम्मेदवार खोज्ने रामचन्द्र पौडेल समूहको प्रयास संकटमा परेको छ । कांग्रेसको १४औं महाधिवेशन पर्सि २४ गते काठमाडौंमा सुरु हुनेछ, जहाँ देशभरबाट आएका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन कार्यतालिका अनुसार २५ गते उम्मेदवारी […]

शेरबहादुरजी आत्तिनुभयो, म छोड्दिनँ : शेखर कोइराला

नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशन सकिएको केही समयपछि नै १४ औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दाबी गर्ने पहिलो व्यक्ति हुन् डा. शेखर कोइराला । सुरुदेखि नै उनी जिल्ला दौडाहामा निक्लिए । केन्द्रीय सदस्य मात्रै रहेका डा. कोइरालाले सभापतिमा दाबी गर्ने बेला भएको छैन भन्दै संस्थापन पक्षका नेताहरूले टिप्पणी गरिरहेका बेला अहिले राप्रपामा राजेन्द्र लिङ्देनले कमल थापालाई हराएपछि काँग्रेसमा पनि यसको बाछिटा पर्न थालेको छ ।सोमबार सम्पादकहरूसँगको छलफलमा उपस्थित डा. कोइरालाको दायाँबायाँ उपस्थित युवाहरूक

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला