कानूनमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्र बडूले संस्थापनइतरबाट सभापतिमा उम्मेदवारी दिने तयारी गरेका डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई अन्तिमसम्म पनि मनाउन प्रयास गरिने बताएका छन् ।
शेखर कोइराला प्यानलबाट खुल्ला सदस्यको उम्मेदवारी दर्ता गराएपछि बडूले सभापतिका दुई उम्मेदवरालाई मिलाउने प्रयास हुने बताएका हुन् ।
‘उम्मेदवारी घोषणा गरे पनि मतदानको समयसम्ममा सहमतिको प्रयास हुन्छ,’ बडूले भने । संस्थापनइतरबाट रामचन्द्र पौडेलको समेत समर्थनमा कोइरालाले उम्मेदवारी दिन लागेका हुन्...