जनकपुर नगर डुबानमा

जनकपुरधाम : अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश घरमा पानी पसेको छ।सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण नगरभित्रका अधिकांश घर तथा सरकारी कार्यालय डुबानमा परेका छन्।यसैबीच भारी वर्षाका कारण नगरक्षेत्रका अधिकांश बस्ती जलमग्न हुँदा नगर उपप्रमुख किशोरी साहको घर पनि डुबानमा परेको छ। वडा नम्बर–१० स्थित उपप्रमुख साहको घर र कोठामा समेत पानी पसेको छ।घर पुरानो भएकाले आसपासका नालाको पानी घरमा पस्ने गरेको उपप्रमुख साहले जानकारी दिए। हरेक वर्ष यसैगरी आफ्नो घर डुबानमा पर्ने गरेक

सम्बन्धित सामग्री

वर्षापछि कैलालीको पूर्वी क्षेत्रका वस्ती डुबानमा

बिहीबार देखिको बर्षाका कारण  कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ ।  बाढीले बस्ती डुवानमा परेका छन । बर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुवानमा परेको कैलाली प्रहरीले जनाएको छ ।कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित

वर्षापछि कैलाली पूर्वी क्षेत्रका बस्ती डुबानमा

धनगढी – बिहीबारदेखिको वर्षा पछिको बाढीले कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ। वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरू डुबानमा परेको कैलाली प्रहरीले जनाएको छ। कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय […]

बाढीले भजनीका घर डुबानमा

कैलालीको भजनी नगरपालिका वडा नं। ८ मा बाढीले डुबानमा परेका घर । पथरैया नदीको पानी सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल लगायतमा सयौँ घर डुबानमा परेका छन् । बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेका छन् ।

जनकपुरधाम जलमग्न

जनकपुर । दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर डुबानमा परेका छन् ।

दुई दिनदेखिको वर्षाले जनकपुरधाम जलमग्न

जनकपुर : दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० जलमग्न भएको छ ।पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो। उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अधिकांश घरमा पानी जमेको जानकारी दिए।वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ।वर्षाका कारण बजारमा चहलपहल घटेको छ। व्यापार व्यवसायी प्र

वर्षाले जनकपुरधामको बेहाल (फोटोफिचर)

निरन्तरको वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरका विभिन्न भाग डुबानमा परेको छ । पानी निकासको उचित व्यवस्था नहुँदा सहरका विभिन्न क्षेत्र जलमग्न भएका छन् । प्रदेश २ सरकारको प्रशासनिक केन्द्र रहेको जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड परिसर पनि डुबानमा परेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न छ भने पिडारी चोक, रामानन्द चोकलगायत विभिन्न स्थान पनि डुबानमा परेको छ ।अविरल वर्षा हुँदा जनकपुरधामस्थित प्रादेशिक अस्पतालदेखि प्रदेश सरकारको प्रशासनिक मुख्यालय क्षेत्रसहित विभिन्न

जनकपुरधाम जलमग्न, करोडौंको क्षति

जनकपुरधाम : आइतबारदेखि परेको बेमौसमी अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। लगातारको वर्षाले उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्।जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो ठाउँका घरभित्र पानी पसेको छ।जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ

वर्षाले जलमग्न जनकपुर (तस्बिरहरू)

जनकपुरधाम । लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएर छ । सोमबार मध्य रातिदेखि परेको वर्षाले जनकपुर जलमग्न भएको हो । वर्षाका कारण सडकमा एक फिटसम्म पनि जमेको छ । सरकारी कार्यालयसहित केही घर समेत डुबानमा परेका छन् । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार संघ, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा,...

डुबानको डुंगामा विराटनगरदेखि वीरगञ्जसम्म (फोटो कथा)

काठमाडौँ : भारी वर्षाका कारण यस वर्ष पनि तराई डुबानमा परेको छ । तराईका मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पर्सादेखि चितवनसम्म डुबान परेको छ ।  पछिल्लो तीन दिनदेखि परेको भारी वर्षाले तराईको विराटनगरदेखि जनकपुर वीरगञ्जसम्म डुबान परेको हो । डुबानमा वीरगञ्ज बजार पर्दा व्यापारी र स्थानीयलाई सकस भएको छ ।…

जनकपुर पनि डुबानमा, एक हजारभन्दा बढी घरमा बाढी पस्यो

पुरानो जलादमा आएको बाढीले जनकपुर उपमहानगरपालिकामा एक हजारभन्दा बढी घर डुबेका छन् । उपमहानगर– १ शिवपथ क्षेत्र र मुसलमान महल्ला, वडा नम्बर १६ का कपिलेश्वरका करिव १ हजार घरमा बाढी पसेको छ ।