एनएमबि लघुवित्त वित्तीय संस्थामा सञ्चालकको कार्यकाल थप

पुस २६, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यकाल थप भएको छ ।  एनएमबि बैंकको तर्फबाट यस कम्पनीमा प्रतिनिधित्व गरिरहेका दिनेश दुलाललाई पुनः एक कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको नेप्से मार्फत जानकारी गराएको हो ।  कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

सम्बन्धित सामग्री

एनएमबि लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ७२ करोड १४ लाख ४९ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा ७ करोड २९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निगमा भने ४ करोड ५९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने १८ करोड ९० लाख रूपैयाँभन्दा बढी कायम छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ६ करोड ७५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । यस अवधिसम्म कम्पनी १८ रूपैयाँ ७३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रूपैयाँ ९५ पैसा रहेको छ ।

खराब कर्जा बढेसँगै एनएमबि लघुवित्त नोक्सानीमा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ७५ लाख नोक्सानीमा छ । गत आवको सोही अवधिमा भने कम्पनी रू. १३ लाख ५३ हजार नाफामा थियो । चालू आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको खराब कर्जा ४ दशमलव ९४ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ८५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ३३ दशमलव ८९  प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको सञ्चालन नाफा रू. ६ करोड ७६ लाख ऋणात्मक छ । चालू आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ११ रुपैयाँ २१ पैसा ऋणात्मक छ । सो अवधिमा कम्पनीको तरलता अनुपात ९ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैयाँ ९५ पैसा रहेको छ ।  चुक्ता पूँजी रू. ७२ करोड १४ लाख रहेको कम्पनीले जगेडामा रू. १८ करोड ९० लाख र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख  सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ४ करोड ५९ लाख ऋणात्मक छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

एनएमबि लघुवित्त २ करोड २४ लाख नोक्सानीमा, यस्तो छ कारण

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड २४ लाख नोक्सानीमा छ । अघिल्लो आवको चौथो त्रैमासमा भने कम्पनीले रू. ११ करोड २३ लाख नाफा कमाएको थियो ।  गत आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव १८ प्रतिशत रहेकोमा गत आवमा बढेर ९ दशमलव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा २३ प्रतिशत घटेको हो । अघिल्लो आवमा कम्पनीले रू. ४५ करोड १५ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. ३४ करोड ७४ लाखमा सीमित भएको छ ।  कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ११ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशलमव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव १८ रहेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. ७२ करोड १४ लाख छ । कम्पनीले जगेडामा रू. २२  करोड ४५ लाख, रिटेन्ड अर्निङमा रू. ६७ लाख ७५ हजार र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख  सञ्चिति गरेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत, कहिलेबाट गर्न मिल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  बुधवार (आज) एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ६ लाख ५५ हजार ८६२ दशमलव ८६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ । कम्पनीले वैशाख १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

एनएमबि लघुवित्तको १० प्रतिशत बोनस प्रस्ताव

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सञ्जिव सुब्बाले पेश गरेको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो । सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजारको १० प्रतिशतले हुन आउने रकम […]

एनएमबि लघुवित्त र जीवन विकास लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले एनएमबि लघुवित्तको १० प्रतिशत र जीवन विकास लघुवित्तको १४ दशमलव २८५ प्रतिशत बोनस शेयर को समायोजन गरेको हो । समायोजनपश्चात् जीवन विकास लघुवित्तको शेयर मूल्य रू.१ हजार ३७० दशमलव २६ र एनएमबि लघुवित्तको रू. ५०९ दशमलव शून्य ९ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा जीवन विकास लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५६६ र एनएमबि लघुवित्तको शेयर मूल्य रू. ५६० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि  दोस्रो बजारमा यी दुवै कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

एनएमबि लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले आज अर्थात् चैत १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले २०८० वैशाख १५ गते साधारण सभा बोलाएका छ । सभा सिटी स्क्वयार प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।  त्यस्तै जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय मोरङमा बिहान १०ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

लाभांश पारितका लागि एनएमबी लघुवित्तले बाेलायो वैशाख १५ मा साधारण सभा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० वैशाख १५ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । सिटी स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे सभा शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।  त्यस्तै सभाले यस संस्थाले अन्य वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गतेदेखि २०८० वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

एनएमबि लघुवित्त–केवाईसी म्यानेजमेन्ट सिस्टम सम्झौता

काठमाडौं (अस) । एनएमबि लघुवित्त वित्तीय संस्थाले ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यसका लागि कम्पनीले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरे । एनएमबि लघुवित्त वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो । कम्पनीले हाल ६८ जिल्लाका विभिन्न स्थानमा १४८ शाखा तथा उपशाखा सञ्चालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने डिजिटल एज नेपालबाट विकास गरिएको केवाईसी म्यानेजमेन्ट सिस्टमलगायत प्रोग्राम, एप्लिकेसन, सफ्टवेयर नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरहेका छन् ।

एनएमबि लघुवित्तको साधारण सभा पुस २६ गते, २२.६३% लाभांशको प्रस्ताव

मंसिर २४, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ ।   सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य लघुवित्तसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्मका कायम शेयधरनीहरुले साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।