काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले एनएमबि लघुवित्तको १० प्रतिशत र जीवन विकास लघुवित्तको १४ दशमलव २८५ प्रतिशत बोनस शेयर को समायोजन गरेको हो ।
समायोजनपश्चात् जीवन विकास लघुवित्तको शेयर मूल्य रू.१ हजार ३७० दशमलव २६ र एनएमबि लघुवित्तको रू. ५०९ दशमलव शून्य ९ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा जीवन विकास लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५६६ र एनएमबि लघुवित्तको शेयर मूल्य रू. ५६० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा यी दुवै कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।