खराब कर्जा बढेसँगै एनएमबि लघुवित्त नोक्सानीमा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ७५ लाख नोक्सानीमा छ । गत आवको सोही अवधिमा भने कम्पनी रू. १३ लाख ५३ हजार नाफामा थियो । चालू आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको खराब कर्जा ४ दशमलव ९४ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ८५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ३३ दशमलव ८९  प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको सञ्चालन नाफा रू. ६ करोड ७६ लाख ऋणात्मक छ । चालू आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ११ रुपैयाँ २१ पैसा ऋणात्मक छ । सो अवधिमा कम्पनीको तरलता अनुपात ९ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैयाँ ९५ पैसा रहेको छ ।  चुक्ता पूँजी रू. ७२ करोड १४ लाख रहेको कम्पनीले जगेडामा रू. १८ करोड ९० लाख र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख  सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ४ करोड ५९ लाख ऋणात्मक छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

एनएमबि लघुवित्त २ करोड २४ लाख नोक्सानीमा, यस्तो छ कारण

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड २४ लाख नोक्सानीमा छ । अघिल्लो आवको चौथो त्रैमासमा भने कम्पनीले रू. ११ करोड २३ लाख नाफा कमाएको थियो ।  गत आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव १८ प्रतिशत रहेकोमा गत आवमा बढेर ९ दशमलव ५४ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो आवको तुलनामा गत आवमा २३ प्रतिशत घटेको हो । अघिल्लो आवमा कम्पनीले रू. ४५ करोड १५ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. ३४ करोड ७४ लाखमा सीमित भएको छ ।  कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ११ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशलमव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव १८ रहेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. ७२ करोड १४ लाख छ । कम्पनीले जगेडामा रू. २२  करोड ४५ लाख, रिटेन्ड अर्निङमा रू. ६७ लाख ७५ हजार र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख  सञ्चिति गरेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्