हरेक वडामा गुनासो सुनुवाइ केन्द्र स्थापना गर्ने संघीय सरकारको घोषणा स्थानीय तहले कार्यान्वयन गरेका छैनन् । केन्द्रका लागि बजेट अभाव र बुझाइमा अस्पष्टता भएको कारण संघीय सरकारको घोषणा अनुसारको गुनासो सुनुवाइ केन्द्र स्थापना नगरेको उनीहरुको भनाइ छ । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेर सरकारी घोषणाबमोजिम गुनासो सुनुवाइ केन्द्र बनाउन भनेको थियो ।