'एमालेले गुनासो सुन्यो, हामी संसदीय दलमा फर्कियौं'

लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताएका छन् । उनले रातोपाटीसँग भने, ‘एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि थियो, त्यही भएर त्यसलाई छाडेर विपक्षी गठबन्धनमा लागेका थियौं, तर एमालेले हाम्रो गुनासो र असन्तुष्टि सम्बोधन गरेपछि  फर्केका हौं ।’ एमालेको चुनाव चिन्हबाट चुनाव जितेपनि सो पार्टीको संसदीय दलमा स्वतन्त्र राजनीतिक समूहको कुनै मान सम्मान र प्रतिष्ठा नभएको ग