भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसारका सबभन्दा लोकप्रिय नेता रहेको अमेरिकी अनुसन्धान संस्था मर्निङ कन्सल्टको सर्वेक्षणले देखाएको छ ।
संसारका कुल १३ नेताहरूको सर्वेक्षण गर्दा मोदी ७१ प्रतिशत समर्थन सूचकांकका साथ पहिलो नम्बरमा छन् । उनीपछि मेक्सिकोमा आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर (६६ प्रतिशत), इटलीका मारियो द्रागी (६० प्रतिशत) र जापानका फुमियो किशिदा (४८ प्रतिशत) छ ।
मोदीको विरोध सूचकांक पनि सबभन्दा कम अर्थात् २१ प्रतिशत छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडन र क्यानडाका जस्टिन ट्रुडोको समर्थन सूचकांक समा...