देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा भाइसमेत रहेका बासिल राजापाक्षे दुबई हुँदै अमेरिकाको वाशिङ्टन जानका लागि कोलम्बो विमानस्थल पुग्नुभएको थियो तर विमानस्थलका कर्मचारीले उहाँको देश छाड्ने योजना असफल बनाइदिएका बीबीसीले जनाएको छ ।
देशलाई आर्थिक रूपमा टाट पल्टाएर आफू विदेश जान थालेको भन्दै कर्मचारी र विमानस्थल पुगेका अन्य यात्रुले पूर्व अर्थमन्त्रीको विरोध पनि गरेका छन् । देश चरम आर्थिक सङ्कटमा पर्न ...