अर्थमन्त्रीलाई गभर्नरले असफल बनाउन खोजेको माओवादी सांसदको आरोप

अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन खोजेको आरोप माओवादी सांसद अमनलाल मोदीले लगाएका छन् ।  संसदका सार्वजनिक लेखा समितिमा गभर्नर महाप्रसाद अधिकारीलाई प्रश्न गर्दै मोदीले भने, ‘बाहिरफेर तपाईं र अर्थमन्त्रीको ट्युनिङ मिलेन भन्ने हल्ला सुनिन थालेको छ । के तपाईं माओवादीबाट प्रतिनिधित्व गरेका हाम्रो पार्टीका अर्थमन्त्रीलाई असफल बनाउन त लाग्नुभएको हैन नि ?’ मोदीले माओवादी अर्थमन्त्रीले राम्रो काम गर्छ भनेर तपाईंले असहयोग त गर्न खोज्नुभएको हैन नि ? भन्ने प्रश्न गरे । मोदीले ठूलाबडाले ऋण पाइरहने र सानाले नपाउने...