पर्वत : असार १ गते प्रदेश सभामा बजेट वक्तव्य पेस गरेपछि गण्डकी प्रदेश सरकारको बजेटबारे विवाद भयो।नेकपा माओवादीबाट अर्थमन्त्री बनेका रामजी प्रसाद बरालले मनलाग्दी तरिकाले कार्यक्रम राख्दै हटाउँदै गरेको भन्दै प्रतिपक्षी सहित गठबन्धन र स्वयं माओवादीबाट पनि विरोध भयो।बजेट प्रस्तुत गर्नुअघि बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रीलाई निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा राख्न आफैँले भनेका थिए। तर मुख्यमन्त्रीले भने अनुसार संसदमा बजेट आएन। सबै सांसद र मन्त्रीहरूले पनि यस