‘सुनकोशी–तेस्रो’ आयोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा : अनुमानित लागत रू. १ खर्ब ६० अर्ब

पुस २०, काभ्रेपलाञ्चोक । सुनकोशी–तेस्रो (६३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको निर्माणका लागि रू. एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ ।  विद्युत् विकास विभागले सो आयोजनाको सम्भाव्यता अध्ययन गर्दा उक्त लागत लाग्ने अनुमान गरेको हो । आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको पनि विभागले जानकारी दिएको छ ।  विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार यो आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्बे, टोपोग्राफी सर्बे, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तथा जैविक, आर्थिक र सामाजिक अध्ययन गरी मस्यौदा प्रतिवेदनको तयारी सकिएको छ । ‘अध्ययनका क्रममा आयोजनाको लागत अनुमान रू. एक खर्ब ६० अर्ब देखिएको हो’, उनले भने । सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट प्रभावित हुने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेका तथा स्थानीय तहले दिनुपर्ने राय–सुझावका लागि पत्राचार गरिएको विभागले जानकारी दिएको छ ।  प्रतिवेदनमाथि रामेछापको खाँडादेवी र सुनापति गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाले राय–सुझाव दिनु पर्नेछ । ‘स्थानीय तहको राय–सुझावपछि प्रतिवेदन स्वीकृतका लागि वन तथा वातावरण मन्त्रालयमा पठाइने छ’, इञ्जिनीयर थपलियाले भने । उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को कामसमेत भइरहेको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागद्वारा आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम गरिएको छ ।  काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव दिन आग्रह गरिएको थियो । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने बताइएको छ । यसअन्तर्गत स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यसअघिनै आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ । आयोजनाको प्राविधिकतर्फको सर्बे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको कामसमेत सकिएको विभागले जानकारी दिएको छ ।  परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टीओआर) प्राविधिक काम सकिएलगत्तै कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने–नहुने निक्र्यौल नभएका कारण सरकारले अध्ययन बाहेकमा थप बजेट विनियोजन गरेको थिएन ।  एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर भने २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाईन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको बताइएको छ ।  यसैबीच, उक्त आयोजनाका लागि सरकारले गत भदौ अन्तिमसाता बंगलादेशलाई प्रस्ताव गरेपछि आउँदो डिसेम्बरमा दुवै पक्ष बीच आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप क्षेत्रको भ्रमणको सहमतिसमेत भएको थियो ।  आयोजनाको प्रक्रिया अघि बढाउन गत भदौ २९ गते नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले सुनकोशी तेस्रो निर्माण गर्न दिने प्रस्ताव अनुमोदन भएको हो ।  यसका साथै उक्त बैठकले ६०० मेघावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि बंगलादेशलाई प्रस्ताव गरिएको थियो । सुनकोशी तेस्रो आयोजनाका लागि नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बंगलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकासतर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गरेका छन् ।  नेपालबाट बंगलादेशसँग विद्युत् व्यापार गर्नसमेत आवश्यक तयारीका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देश बीच सन् २०१८ मा ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएपछि बंगलादेशले नेपालसँग एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गर्दै आएको जानकारी दिइएको छ ।  हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको सुनकोशी तेस्रो आयोजनालाई बंगलादेशले सरकारले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढेको हो । परियोजनाअन्तर्गत सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ ।  विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रू. १९ करोड बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न रू. ३३ करोड लाग्ने अनुमान गरिएको छ । उनले भने, ‘हालसम्मको विविध प्रकारको अध्ययनबाट सुनकोशी दोस्रोभन्दा पनि तेस्रोको सम्भावना देखिँदै आएको थियो ।’  आयोजनाका लागि लुभूघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलव एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ ।  आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करीब १ हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत्गृह र डुवानक्षेत्रभित्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुवान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछ । 

सम्बन्धित सामग्री

‘एनसेल प्रकरणको छानबिन अन्तिम चरणमा’

दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद–बिक्री प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । कानुनविपरीत सेयर खरिद–बिक्री तथा स्वामित्व हस्तान्तरण प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको सञ्चार तथा सूचना...

वीरेन्द्र सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा

विराटनगर–७ स्थित वीरेन्द्र सभागृहको जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको छ। सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए।...

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।...

कपिलवस्तुमा निर्वाचनको तयारी अन्तिम चरणमा

जिल्लामा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

जनगणनाको तयारी अन्तिम चरणमा

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि अन्तिम चरणको तालिम सुरु भएको हो । ७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ । देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको […]

‘काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। ‘मलाई प्राप्त जानकारीअनुसार...

धान रोपाइँ अन्तिम चरणमा

१८ साउन, काठमाडौं । यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन तेस्रो साता सुरु हुँदा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । देशभरको रोपाइँ अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाईं सम्पन्न भएको छ, अन्य प्रदेशमा छिटफूट […]

एमाले एकता अन्तिम चरणमा

एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको विघटित कार्यदलका सदस्यहरुको भनाइ छ । ‘एकताको काम अन्तिम चरणमा पुर्याएका छौं,’ कार्यदलका एक सदस्यले भने,‘ एकताको अस्त्र के हो भन्ने अहिले नै सार्व

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।