हेटौंडा : सुशील घिमिरे एक समय नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि चलेको नाम हो। अहिले आफ्नो गृहजिल्ला मकवानपुरको हेटौंडामा रंगशाला निर्माणको लागि दाताको बाटो हेर्दै छन्। बक्सिङ खेलेर हेटौंडालाई मात्रै नभई देशलाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाएका घिमिरे अहिले आफ्नो ठाउमा खेलकुद सञ्चालन गर्ने रंगशाला बनाउने अभियानमा छन्। देशको प्रतिनिधित्व गर्दै विभिन्न स्थानको रंगशालामा खेल्न पुग्दा उनलाई आफ्नो ठाउँको सधै झ–झल्को आउँथ्यो।वि.स.२०५४ सालमा १७ वर्षको हुँदादेख