यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन।यसअघि सरकारले २०७४ मा बाढीपहिरोजन्य जोखिम कम गर्न भन्दै नयाँ रणनीति तय गरेको थियो। जसमा सन् २०३० सम्म बाढीपहिरोको जोखिम पूर्ण कम गर्ने उद्देश्य राखिए प

सम्बन्धित सामग्री

सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको जोखिममा

सल्यान । सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाको तल्लो भेगका बस्तीमा बाढीको जोखिम बढेको छ । कालिमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालिमाटी रामपुर क्षेत्र बाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी दिइन् । उनका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा भने पहिरोको जोखिम छ । भौगोलिक भूबनोट तथा भिरालो जमीनका कारण माथिल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ । यस्तै कपुरकोट गाउँपालिकाका धनवाङ र सिनवाङ क्षेत्र, छत्रेश्वरी गाउँपालिकाको कोर्वाङ झिम्पे क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला क्षेत्र, कुमाख गाउँपालिकाका मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ क्षेत्र र बन्गाड कुपिण्डे नगरपालिकाका निगालचुँला, घाँजरीपिपल लगायत क्षेत्र पहिरोको उच्च जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी होमागाईंले वर्षात् भइरहेको र बाढीपहिरोको जोखिमको समय नजिकिँदै गएकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेर अगाडि बढेको बताइन् । ‘प्राविधिक जनशक्ति र स्रोतसाधनको अभाव छ, हामीले योजना तयार पार्ने हो, यसको कार्यान्वयनका लागि मूलतः स्थानीय तह नै सक्रिय बन्नुपर्छ,’ उनले भनिन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका प्रत्येक पालिकाले विपद् प्रतिकार्य योजना तयार पारेर अगाडि बढ्ने निर्णय गरेको छ । यस्तै प्रत्येक वडामा १६ प्रकारका विपद् रोकथाम, नियन्त्रण तथा उद्धार सम्बन्धी सामग्रीको व्यवस्था गर्ने र सबै क्षेत्रसँगको समन्वय र सहकार्यमार्फत अगाडि बढ्ने निर्णय गरेको छ । बाढीपहिरोको उच्च जोखिममा परेका बस्ती स्थानान्तरण गरिनुपर्ने आवाज समेत उठ्ने गरेको छ । केही घरपरिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरणका लागि कुनै पहल नगरेको सरोकारवालाको भनाइ छ । गाउँ–गाउँमा डोजरमार्फत सडक खन्दा पनि पहिरोको जोखिम बढेको छ । बाढीपहिरोले जिल्लामा वर्षेनि करोडौंको क्षति हुने गरेको छ ।

बाढीपहिरोको जोखिम बढ्न सक्ने

अझै ३ दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै मौसम पूर्वानूमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षासँगै देशभर बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।बाढी पूर्वानुमान महाशाखाका अनुसार साउन ५ गतेसम्म महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने […]

यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

काठमान्डाैं / यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने... The post यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो appeared first on Purbeli News.

सिंगो जिल्ला नै पहिरोको जोखिममा

लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । …

बाजुराका सय गाउँमा बाढी पहिरोको जोखिम

लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ ।बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाउँपालिकामा १४ गाँउका ३ सय ३२ परिवार

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाढीपहिरोबाट १० वर्षमा १९ सयको मृत्यु, साढे १९ अर्बको क्षति

शुक्रबारदेखि परेको अविरल वर्षासँगै देशभरको जनजीवन प्रभावित, नदी र खहरे खोलामा पानीको बहाव उच्च, तराई र पहाडी जिल्लामा बाढीपहिरोको जोखिम नेपालमा बाढीपहिरोबाट १० वर्षमा करिब दुई हजारजनाले ज्यान गुमाएका छन् । राष्ट्रिय...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन विभागको आग्रह

जेठ ३०, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।  यस वर्ष नेपालमा शुक्रवारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।  मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ । विभागले शनिवार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जानकारी दिएको छ ।  त्यस्तै, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आँकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जानकारी दिएको छ ।  विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सैं घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्प्रेण गर्ने गरेको छ । रासस

कालीगण्डकी  तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।  जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेती वेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् । पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्

बहुप्रकोपीय उच्च जोखिममा बागमती

बागमती प्रदेशमा बाढीपहिरोको जोखिम उच्च छ । यस वर्ष बाढीपहिरोबाट बागमती प्रदेशका १३ जिल्लामा ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान छ ।