वैशाख १६, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ३९ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवमा रू. ३० लाख ५३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ५ लाख ७ हजार कायम भएको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६ प्रतिशत घटेको छ ।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ७१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ९५ लाख १५ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १ करोड ६३ लाख पुगेको हो ।
त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४ करोड ९ लाख र रिटेण्ड अर्निङमा रू. ५५ लाख २८ हजार सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १५(वार्षिक) ,तरलता अनुपात ५१ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२४ दशलमव ७६ रहेको छ ।