नेपालमा प्रत्यक्ष विदेशी लगानीका कम्पनीको नाफा घट्यो

नेपालमा लगानी गरेर उद्यम व्यवसाय गरिरहेका प्रत्यक्ष विदेशी लगानीका कम्पनीको नाफा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा गरिएको एक अध्ययनले प्रत्यक्ष वैदेशिक लगानीमा संचालित उद्योग व्यवसायको नाफा कम देखिएको हो ।नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो । आर्थिक वर्ष २०७७/७८ मा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुले औसतमा १४.७ प्रतिशत नाफा गरेको पाइएको छ । जबकि आर्थिक वर्ष २०७६/७७ मा यस्तो नाफा १५.६ प्रतिशत थियो । एक वर्षको अन्तरालमा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुको न