निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय गरेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत तय गरेपछि चुनावी माहोल थप तातिएको छ। निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । सोहीअनुसार आयोगले बिहीबार नै राजपत्रमा निर्वाचन आचारसंहितासमेत प्रकाशित गरिसकेको छ । यद्यपी सो आचारसंहिता कार्यान्वयनमा भने आइसकेको छैन । आयोगले तोकेको मितिदेखि सो आचारसंहिता लागू हुने आयोगले जनाएको छ । निर्वाचन आचार संहिता कहिलेदेखि लागू गर्ने भन्ने सन्र्दभमा आयोगको बैठक बसेर