पत्रकार सञ्जय सन्तोषी राईको उपचारमा सहयोग गर्न सरकारलाई अनुरोध

काठमाडौं, भदौ १५ – नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनले पुराना पत्रकार सञ्जय सन्तोषी राईको उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् ।...

सम्बन्धित सामग्री

स्वदेश फर्केर झलनाथले भने- मैले नयाँ जीवन पाएँ, सास रहुञ्जेल देशसेवामा लाग्छु

आफ्नो उपचारमा सहयोग गर्ने तत्कालीन ओली नेतृत्वको सरकार र वर्तमान देउवा नेतृत्वको सरकारलाई पनि उनले धन्यवाद दिएका छन् ।

झलनाथलाई कसले दियो मिर्गौला ?

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका छन् ।भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौैला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको खुलासा गरे ।उनले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्

कलाकार पल्पसा डंगोलको उपचारमा सहयोग गर्न सरकारलाई कोमल वलीको आग्रह

काठमाडौं : राष्ट्रियसभा सांसद एवम् गायिका कोमल वलीले कलाकार पल्पसा डंगोल (चम्सुरी) को उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेकी छिन्। आज बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै दुवै मिर्गौला फेल भएर उपचार गरिरहेकी पल्पसाको स्वास्थ्य उपचारमा सक्दो सहयोग गरिदिन उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी हुन्। कोमलले राष्ट्र निर्माणमा कलाकारहरुको ठुलो योगदान…

जलविद्युत् कम्पनीबाट ८३० अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभावलाई दृष्टिगत गर्दै निजीक्षेत्रका जलविद्युत् कम्पनीले सरकारलाई ८३० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । प्रवर्द्धक कम्पनीहरूले तत्कालीन प्रयोगका लागि विभिन्न स्वास्थ्य चौकी तथा जिल्ला प्रशासन कार्यालयलाई अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् । निर्माणका चरणमा रहेका ३० जलविद्युत् आयोजनाले सरकारलाई उक्त संख्यामा सिलिण्डर प्रदान सहयोग गरेको विद्युत् विकास विभागबाट प्राप्त तथ्यांकले देखाएको छ । यस्तै, निर्माण सम्पन्न भएका आयोजनाले पनि २० सिलिन्डर प्रदान गरेको तथ्यांक छ । नेपालमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूसँग १०८८ ओटा अक्सिजन सिलिन्डर छन् । सो संख्यामा सहयोगपछि पनि ती आयोजनासँग अझै २५८ ओटा सिलिन्डर बाँकी छन् । नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै संक्रमितको उपचारमा अक्सिजन र अक्सिजन सिलिन्डरको अभाव भएको थियो । त्यसपछि विद्युत् विकास विभागले जलविद्युत् आयोजनाहरूलाई अक्सिजन सिलिन्डर दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोहीअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को नेतृत्वमा विभिन्न आयोजनाले सरकारलाई सिलिन्डर दिएका हुन् । कोरोना कहर सकिएपछि सरकारले उक्त सिलिन्डर प्रवर्द्धक कम्पनीहरूलाई नै फिर्ता गर्ने बताइएको छ । आयोजनाहरूको निर्माणका क्रममा वेल्डिङको काम गर्न अक्सिजन आवश्यक पर्छ । यसका लागि अहिले नयाँ प्रविधि आइसके पनि अधिकांश आयोजनाले अझै अक्सिजन आवश्यक पर्ने प्रविधिको प्रयोग गर्दै आएका छन् । विभागका महानिर्देशक नवीनराज सिंहले विद्युत् प्रवद्र्धक कम्पनीबाट उक्त परिमाणमा अक्सिजन सिलिन्डर प्राप्त भएको बताए । ‘कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव भएपछि सघाउन जलविद्युत् आयोजनालाई आग्रह गरेका थियौं । त्यसपछि प्रवद्र्धक कम्पनीहरूबाट सिलिन्डर प्राप्त भएको हो,’ उनले भने, ‘अब कोरोना कहर समाप्त भएपछि फिर्ता गर्नेछौं ।’ इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारलाई आवश्यक परे अझै पनि अक्सिजन सिलिण्डर दिइने बताए । ‘हामीले पहिले नै आयोजनाहरूमा भएका सबै सिलिण्डर प्रयोग गर्न दिने निर्णय गरेका छौं । हामीसँग अझै पनि अक्सिजन सिलिण्डर बाँकी छन्,’ उनले भने, ‘अहिले सिलिन्डरको अभाव छैन । आवश्यक परेमा दिन पछि हट्दैनौं ।’ कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव भएपछि इप्पान आफैले पनि अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने निर्णय गरेको थियो । तर, अहिले अक्सिजन अभावको समस्या समाधान हुँदै गएपछि यस विषयमा पुनर्विचार गर्न सकिने अध्यक्ष आचार्यको भनाइ छ । ‘अहिले अक्सिजनको समस्या त्यति देखिँदैन । विभिन्न मुलुकबाट पनि यसमा सहयोग भयो । हामीले अक्सिजन प्लान्ट बनाएर दिँदा ढिला होला,’ उनले भने, ‘त्यसैले यसका लागि उठेको पैसाले अन्य कुनै सहयोग गर्ने विषयमा छलफल गरिरहेका छौं ।’ अक्सिजन प्लान्ट बनाउन इप्पानले विभिन्न प्रवद्र्धक कम्पनीबाट डेढ करोड रुपैयाँभन्दा बढी जम्मा गरिसकेको छ ।

इप्पानले अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा भइरहेको अक्सिजन अभावलाई दृष्टिगत गर्दै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अक्सिजन प्लान्ट बनाउने भएको छ । इप्पानले आफ्नो संस्थामा आबद्ध कम्पनीहरूको सहयोगमा अक्सिजन प्लान्ट बनाएर सरकारलाई हस्तान्तरण गर्न लागेको हो । इप्पानले २ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट गरेर सरकारमार्फत काठमाडौंको एक सरकारी अस्पताललाई हस्तान्तरण गर्न लागेको हो । इप्पानका उपाध्यक्ष तथा अक्सिजन प्लान्ट स्थापना समितिका संयोजक मोहन डाँगीले प्लान्ट स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए । दुई हप्ताभित्रै बनाएर कुनै एक सरकारी अस्पताललाई हस्तान्तरण गरिने उनको भनाइ छ । ‘इप्पानमा आबद्ध विभिन्न प्रवद्र्धकहरूबाट १ करोड ६० लाख रुपैयाँको सहयोग प्रतिबद्धता आइसकेको छ । सहयोगको प्रतिबद्धता आउने क्रम पनि जारी छ,’ उनले भने, ‘करीब २ करोड रुपैयाँको लगानीमा अक्सिजन प्लान्ट बनाएर अस्पताललाई हस्तान्तरण गर्नेछौं ।’ कोरोना संक्रमितको उपचारमा सहजता ल्याउने उद्देश्यले सहयोगस्वरूप सरकारलाई अक्सिजन प्लान्ट बनाएर दिन लागिएको उनले बताए । इप्पानले अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने ६५ लाख रुपैयाँ बराबरको सिलिन्डर सहितका स्वास्थ्य सामग्री चीनबाट मगाइसकेको छ । साथै, बढीमा १ करोड ३० लाख रुपैयाँसम्मको अक्सिजन प्लान्ट स्थापना गरिने उपाध्यक्ष डाँगीले जानकारी दिए । दैनिक ४० लिटरको ४० देखि ५० सिलिन्डर ओटा सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट बनाउने इप्पानको योजना छ । साथै, प्लान्टबाट पाइपमार्फत अस्पतालका बेडसम्म नै अक्सिजन पु¥याउन पाइपलाइन विस्तार गरिने भएको छ । ‘पाइपमार्फत अस्पतालले बेडमा पनि अक्सिजन पुर्‍याउन सक्ने र सिलिन्डर पनि भर्न मिल्नेगरी अक्सिजन प्लान्ट स्थापना गर्नेछौं, अक्सिजन प्लान्ट बनाउन विभिन्न अस्पतालबाट आवेदन आएका छन्,’ उनले भने, ‘तीमध्ये जुन अस्पतालमा यसको आवश्यकता बढी छ, त्यसमै प्लान्ट बनाउनेछौं ।’ अहिले अक्सिजन प्लान्ट बनाउने प्राविधिक जनशक्ति जुटाउने काम पनि भइरहेको उनको भनाइ छ । अक्सिजन प्लान्ट कुन अस्पतालमा बनाउने भन्ने मामिलामा स्वास्थ्य मन्त्रालय र चिकित्सक संघसँग सहकार्य पनि भइरहेको उनले बताए ।

गण्डकी सरकारलाई हुन्डाईको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ५० लाख बराबरको कोभिड–१९ उपचारमा आवश्यक पीपीईलगायत स्वास्थ्य सामग्री गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ । लक्ष्मी कन्टिनेन्टलले हुन्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा उक्त सहयोग उपलब्ध गराएको हो । कोरोना महामारीको संक्रमण रोकथाममा सहयोग पु¥याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ । यो सहयोगले बिरामीलाई समयमै र सही तरिकाले उपचार गर्न सहज हुने अपेक्षा कम्पनीको छ । लक्ष्मी हुन्डाईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोगका साथै फिबर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो ।  कम्पनीले यसअघि ०७२ को भूकम्पमा नेपाल रेडक्रसलाई, चन्द्रोदय आधारभूमि विद्यालयको भवन निर्माण, गोरखाको पुनर्निर्माणलगायतमा सहयोग गरेको थियो ।

विवेकशील साझा पार्टीको सरकारलाई ६ बुँदे सुझाव

काठमाडौं। विवेकशील साझा पार्टीलाई कोरोना रोकथामबारे सरकारलाई ६ बुँदे सुझाव दिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निजी अस्पतालमा उपचार गराउन, सुरक्षाकर्मीको सहयोगमा प्रभावित क्षेत्रमा अस्थायी उपचार केन्द्रको स्थापना गर्न, स्वास्थ्यकर्मीलाई उपचारमा स्वयंसेवी भएर सहयोग गर्न सुझाव दिएको छ। अक्सिजन, भेन्टिलेटर, पीपीई सामग्रीसहित व्यवस्थित बनाएर खोप कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ।

प्रदेश सरकारलाई सिर्जनाको ११ लाख सहयोग

विराटनगर- सिर्जना फाइनान्स लिमिटेडले प्रदेश–१ सरकारलाई ११ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई फाइनान्सका अध्यक्ष सुयष प्याकुरेलले ११ लाखको चेक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व कोषअन्तर्गत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पु¥याउन सिर्जना फाइनान्सले सहयोग गरेको हो ।मोरङ, सुनसरी र सप्तरी ३ जिल्ला कार्यक्षेत्र बनाएर फाइनान्सले वित्तीय […]

नेपाल-भारत मानव विकास एवं मैत्री संघद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौ - नेपाल-भारत मानव विकास एवं मैत्री संघले सुदुरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीईसहित स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको हो। सुदुरपश्चि...

https://www.onlinekhabar.com/2020/03/847608

१२ चैत, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा सरकारलाई सहयोग नगर्ने निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाई कारबाही गर्ने भएको छ । कोरोना नियन्त्रण र प्रतिकार्यमा निजी तथा सामुदायिक अस्पताल र मेडिकल …