जलविद्युत् कम्पनीबाट ८३० अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभावलाई दृष्टिगत गर्दै निजीक्षेत्रका जलविद्युत् कम्पनीले सरकारलाई ८३० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । प्रवर्द्धक कम्पनीहरूले तत्कालीन प्रयोगका लागि विभिन्न स्वास्थ्य चौकी तथा जिल्ला प्रशासन कार्यालयलाई अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् । निर्माणका चरणमा रहेका ३० जलविद्युत् आयोजनाले सरकारलाई उक्त संख्यामा सिलिण्डर प्रदान सहयोग गरेको विद्युत् विकास विभागबाट प्राप्त तथ्यांकले देखाएको छ । यस्तै, निर्माण सम्पन्न भएका आयोजनाले पनि २० सिलिन्डर प्रदान गरेको तथ्यांक छ । नेपालमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूसँग १०८८ ओटा अक्सिजन सिलिन्डर छन् । सो संख्यामा सहयोगपछि पनि ती आयोजनासँग अझै २५८ ओटा सिलिन्डर बाँकी छन् । नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै संक्रमितको उपचारमा अक्सिजन र अक्सिजन सिलिन्डरको अभाव भएको थियो । त्यसपछि विद्युत् विकास विभागले जलविद्युत् आयोजनाहरूलाई अक्सिजन सिलिन्डर दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोहीअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को नेतृत्वमा विभिन्न आयोजनाले सरकारलाई सिलिन्डर दिएका हुन् । कोरोना कहर सकिएपछि सरकारले उक्त सिलिन्डर प्रवर्द्धक कम्पनीहरूलाई नै फिर्ता गर्ने बताइएको छ । आयोजनाहरूको निर्माणका क्रममा वेल्डिङको काम गर्न अक्सिजन आवश्यक पर्छ । यसका लागि अहिले नयाँ प्रविधि आइसके पनि अधिकांश आयोजनाले अझै अक्सिजन आवश्यक पर्ने प्रविधिको प्रयोग गर्दै आएका छन् । विभागका महानिर्देशक नवीनराज सिंहले विद्युत् प्रवद्र्धक कम्पनीबाट उक्त परिमाणमा अक्सिजन सिलिन्डर प्राप्त भएको बताए । ‘कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव भएपछि सघाउन जलविद्युत् आयोजनालाई आग्रह गरेका थियौं । त्यसपछि प्रवद्र्धक कम्पनीहरूबाट सिलिन्डर प्राप्त भएको हो,’ उनले भने, ‘अब कोरोना कहर समाप्त भएपछि फिर्ता गर्नेछौं ।’ इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारलाई आवश्यक परे अझै पनि अक्सिजन सिलिण्डर दिइने बताए । ‘हामीले पहिले नै आयोजनाहरूमा भएका सबै सिलिण्डर प्रयोग गर्न दिने निर्णय गरेका छौं । हामीसँग अझै पनि अक्सिजन सिलिण्डर बाँकी छन्,’ उनले भने, ‘अहिले सिलिन्डरको अभाव छैन । आवश्यक परेमा दिन पछि हट्दैनौं ।’ कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव भएपछि इप्पान आफैले पनि अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने निर्णय गरेको थियो । तर, अहिले अक्सिजन अभावको समस्या समाधान हुँदै गएपछि यस विषयमा पुनर्विचार गर्न सकिने अध्यक्ष आचार्यको भनाइ छ । ‘अहिले अक्सिजनको समस्या त्यति देखिँदैन । विभिन्न मुलुकबाट पनि यसमा सहयोग भयो । हामीले अक्सिजन प्लान्ट बनाएर दिँदा ढिला होला,’ उनले भने, ‘त्यसैले यसका लागि उठेको पैसाले अन्य कुनै सहयोग गर्ने विषयमा छलफल गरिरहेका छौं ।’ अक्सिजन प्लान्ट बनाउन इप्पानले विभिन्न प्रवद्र्धक कम्पनीबाट डेढ करोड रुपैयाँभन्दा बढी जम्मा गरिसकेको छ ।

सम्बन्धित सामग्री

अक्सिजन सिलिण्डर र भेण्टिलेटर सहयोग

अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्।...

परिसंघद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान […]

दुई दिनमा चीनबाट ल्याइयो ९७५ थान अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आइतबार र सोमबार गरी चीनबाट ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ। आइतबार ४०० र सोमबार ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर चीनबाट ल्याइएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको उनले जनाए।

कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर

धादिङ। ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्। महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो। फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए।अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर

धादिङ। ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्। महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो। फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए।अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर […]

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

अक्सिजन सिलिण्डर संकलनमा प्रहरी सक्रियता

प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र पारिएको छ । गृह मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ । …

ललितपुरका चार अस्पताललाई अक्सिजन सिलिण्डर

२३ वैशाख, काठमाडौं । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट संकलित अक्सिजन सिलिण्डर कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान […]