गोरखा : गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशसभाका सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसउपर कारबाही नगरी संसद स्थगित गर्नु असंवैधानिक रहेको बताउँदै उनले कानुन विपरित काम गर्ने सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।उनले थाहाखबरसँग भने, ‘नेपालको कुनै पनि कानुनका धारा उपधारामा सभामुखले कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसको पक्षमा कारवाही नसकी संसद स्थगित&nbs