काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची राखेको छ । प्रतिनिधि सभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई […]