काठमाडौं। नेपाली कांग्रेसको बैठक स्थगित भएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो। कांग्रेसका एक नेताले भने, ‘सत्ताभन्दा पनि हामीलाई संगठनको चिन्ता छ, अहिले थुप्रै काम गर्न बाँकी छ।’ अर्को बैठक भोली ४ बजे बस्नेछ । बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशिल सदस्यताबारे म्याद थप्नेबारे छलफल हुने तय भएको थियो।