काठमाण्डौ – झण्डै १५ वर्षअघि कतार उड्दा सुनसरीको इनरुवाका मुन्नाकुमार गुप्तासँग दुई वटा मात्र सपना थिए । पहिलो सपना घरको ऋण तिर्ने, अनि दोस्रो चाहिँ आफ्नो लागि एउटा बाइक किन्ने ।
तर १० वर्ष कतारमा बिताएर फर्कँदा मुन्नाका दुई सपना मात्र पुरा भएका छैनन्, कतारमा सिकेको सीप र कमाइबाट देशमै नयाँ काम सुरु गर्दा अहिले मुन्नाको “क्लासिक डिजाईन”मा १३ जना युवाले विदेशमा जस्तै कमाई हुने रोजगारी पनि पाएका छन् ।
कतार जाँदाका ती दिन र साँचेका सपना सम्झँदा मुन्नाको अनुहारमा मुस्कान छाउँछ ।...