बाइक लभर्स अनमोल

बजारमा आएका महंगा, सहज र आकर्षक बाइकमा लामो यात्रा गर्ने रहर धेरैलाई हुन्छ । यस्तै, रहर नायक अनमोल केसीलाई पनि छ । यसअर्थमा, अनमोल बाइक लभर्स हुन् । आज भन्दा १२ बर्ष अगाडि अनमोलले यमहा फेजर बाइक लिएका थिए । यो बाइक अनमोलसँग आज पनि छ । उनी भन्छन्–‘मलाई बाइक त बेच्नै मन लाग्दैनँ । […]

सम्बन्धित सामग्री

‘छड्के–२’को पोस्टरमा मोर्डन लुकमा अनमोल

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छड्के–२’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार अनमोल केसी फिचर्ड छन् ।  पोस्टरमा अनमोल मोर्डन लुकमा बाइक चलाइरहेको देखिन्छन् । अनमोलले ग्याङको लिड गरिरहेका छन् । उनका पछाडि थुप्रै केटाहरू बाइकमा देखिन्छन् ।  निगम श्रृेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र फागुुन १९ गते...

अनमोलको ग्याङस्टार फिल्म ‘२.० छड्के’ फागुन १९ देखि प्रदर्शन हुने

काठमाडौँ। अनमोल केसी अभिनीत फिल्म ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा अनमोललाई ग्याङस्टार लुक्समा प्रस्तुत गरिएको छ। उनीसँगै केही केटाहरू पनि बुलेट बाइक चलाइरहेका छन्।

यामाहाको नयाँ बाइक ‘एफजेड–एक्स १५०’ विक्री शुरू

काठमाडौं (अस) । यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक ‘एफजेड–एक्स १५०’ नेपाली बजारमा विक्री शुरू गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बुधवारदेखि उक्त बाइकको विक्री शुरू गरेको हो । कम्पनीले गत वैशाख १५ देखि २१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘महाएक्सचेञ्ज मेला’को अवसरमा उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार ‘एफजेड–एक्स १५०’ यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो । यसलाई एलसीडी मिटर, ब्लुटूथ कनेक्टिभिटी लगायत स्मार्ट सुविधासहित क्लासिक डिजाइनमा तयार गरिएको छ । ‘राइड फ्री’ अवधारणामा आधारित भएर तयार गरिएको उक्त बाइक विशेषगरी स्वतन्त्र, सहज र आरामदायी यात्रा गर्न रुचाउने राइडरलाई लक्षित गरिएको छ । ‘महाएक्सचेञ्ज मेला’मा उक्त बाइक नेपाली सिनेकर्मी अनमोल केसीले टेस्ट राइड गरेका थिए । आउँदो आइतवारदेखि यामाहाका नेपालभरिका शोरूममा उपलब्ध हुने यो बाइकको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जिपी स्किम’ पनि सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत यामाहा बाइक खरीदकर्तामध्ये चारजना भाग्यशाली विजेतालाई विभिन्न देश घुम्ने अवसर प्रदान गरिनेछ ।

अनमोल केसीले सार्वजनिक गरे ९ लाखको ‘लियोंसिनो’ बाइक

८ माघ, काठमाडौं । बेनलीले लियोंसिनो मोडलको बाइक सार्वजनिक गरेको छ । नायक तथा बेनेलीका ब्राण्ड एम्बेसडर अनमोल कसीले एक समारोहका बीच यसलाई सार्वजनिक गरे । लियोंसिनो ब्रान्डमा समकालीन शैली, पारंपरिक भाव र रुचीको साथै समकालीन जोडको समायोजन रहेको कम्पनी बताउँछ । इटालियन मोटरसाइकिलिङको दिगज्ज भएकोर यसले ठूलो मात्रामा बेनेली ब्रान्डका लागि …