जापानको मित्सुबिशी कम्पनीले उड्ने बाइकको मोडल संसारसामु प्रस्तुत गरेको छ ।
भोलिपर्सि यो बाइक सडकमा आएमा ट्राफिक जामको समस्याबाट मुक्ति पाइनेछ ।
मित्सुबिशी कम्पनीको सहयोगमा पर्सनलाइज्ड फ्लाइङ ट्रान्सपोर्ट र एएलआई टेक्नोलोजीजले यो बाइक बनाएका हुन् । झट्ट हेर्दा यो बाइक स्पेसक्राफ्ट जस्तो देखिन्छ ।
यसको मूल्य लगभग नौ करोड रुपैयाँ बताइएको छ । सन् २०२२ मा यस्ता २०० वटा बाइक बेच्ने लक्ष्य कम्पनीले लिएको छ ।
कुल ३०० किलोग्राम तौल भएको चार मिटर लामो बाइकमा चारवटा विद्युतीय ब्याट्री र सातवटा रोटर छन् ।&...