देउवा सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौं, ३० असार । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको हो । जनमोर्चा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्ष सम्मलित गठबन्धनमा आवद्ध छ । सर्वोच्च अदालतको परमादेशअनुसार देउवा हिजो संविधानको धारा ७६ […]

सम्बन्धित सामग्री

रविको रणनीति : प्रचण्ड सरकारको आयु हेरेर सरकारमा जाने/नजाने निर्णय लिने

प्रचण्ड सरकारको आयु हेरेर सरकारमा जाने/नजाने निर्णय लिने तयारी रास्वपाको छ ।

प्रदेश १ सरकारमा माओवादी नजाने, मुख्यमन्त्रीकाे शपथ पनि बहिस्कार

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले प्रदेश १ काे नयाँ सरकारमा सहभागी नहुने निर्णय लिएकाे छ । माओवादी संसदीय दलको भर्खरै सम्पन्न बैठकले सरकारमा नजाने निर्णय लिएको हो ।

नेकपा एस सरकारमा जाने/नजाने निर्णय मंगलबार

नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो भोलि मंगलबार बस्ने पार्टीको पोलिटब्यूरो बैठकले लगाउने भएको छ । शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो बैठक बोलाइएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी …

जसपा पनि तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।  पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ।पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सरकारलाई समर्थन गरेकामध्

नागरिक उन्मुक्ति सरकारमा तत्काल नजाने

नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो ।  उसले सरकारमा सहभागी...

तत्काल सरकारमा नजाने राप्रपाको निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सरकारमा नजाने तर समर्थन भने रहने बताएका हुन् । उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

राप्रपा सरकारमा नजाने

काठमाडौं, ११ पुष । राप्रपा सरकारमा नजाने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल सरकारमा सहभागी नहुने जानकारी दिए । राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि समर्थन दिएको छ । राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिएसँगै सो दलको आलोचना भएको थियो । पार्टीभित्रको दबाबका कारण राप्रपा अध्यक्ष लिङ्देनले सरकारमा नजाने निर्णय […]

देउवा सरकारमा नजाने र एमाले एकता प्रयास जारी राख्ने नेपाल पक्षको निर्णय

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि कार्यदलस्तरमा छलफललाई निरन्तरता दिने निर्णय गरेका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । बैठकले एकताको विकल्प बाँकी रहेकाले एकता प्रयास जारी राख्ने समझदारी गरेको छ । हालै एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई...

सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौं : राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो। जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाहिरैबाट देउवा सरकारलाई समर्थन रहने बताइन्। ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, ‘तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ।

देउवा नेतृत्वको सरकारमा नजाने जनमोर्चाको निर्णय

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ  । तर केपी ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको देउवा नेतृत्वको सरकारलाईसमर्थन भने गर्ने सो पार्टीको निर्णय छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । ‘देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विर...