प्रेम सुनारगुल्मी । ३३ वर्षको उमेरमा पूर्वी बीरगञ्जबाट मजदुरी गर्न भारत पुगेका भक्तबहादुर तामाङ नाम बताउने एक पुरुष अहिले बाँके जिल्लामा प्रहरीको शरणमा आइपुगेका छन् ।आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको सहयोगमा आफन्त फेला पर्ने आशमा छन् ।२०५१ सालमा बीरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न हिँडेका भक्तबहादुर यो बीचमा एकपटक पनि घर आएनन् ।बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी गिरीका अनुसार उनी भारतको किन्चर भन्ने स्थानमा अलपत्र भेटिएपछि त्यहाँका