नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो । त्यस्तै दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने इर्ने गरेको थियो ।नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १००ः४३ को स्वापमा गाभ्न लागेको हो । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूंजी २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ। त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ। प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा […]
काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर […]
काठमाडौं । नेपाल बंगलादेश बैंक र नलिब बैंकबीचको मर्जर पूरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले यी बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेसँगै प्रक्रिया पूरा भएको हो । राष्ट्र बैंकको पत्र प्राप्त गरेपछि र कम्पनी राजिष्ट्रारको कार्यालयबाट एउटै कम्पनीको अनुमति ल्याएपछि बैंकले एकीकृत कारोबार सुरु गर्ने तयारी गरेकाे छ। नबिल बैंकले […]
नलिब बैंक र नेपाल बंगलादेश बैंक बीचको मर्जर पूरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले यी बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेसँगै प्रक्रिया पूरा भएको हो । यद्यपि आजसम्म बैंकहरुले राष्ट्र बैंकको पत्र पाइनसकेको स्रोतले बताएको छ ।
नबिल र बंगलादेश बैंक बीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो ।