हेटौंडा : एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रतिस्पर्धामा नै आउन सकेका छैनन् । सोमबारबाट मतगणना सुरु भएदेखि नै पछि परेका थापा निरन्तर रुपमा दोस्रो स्थानमा नै सीमित बनेका छन्। राजनीतिक जीवनको अन्तिम चुनाव कुनै पनि हालतमा जित्ने दाउसहित एमालेको सूर्य चिन्हबाट उम्मेदवार बनेका थापा कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँग पछि परेका हुन्।उनी डिनासँग हालसम्म प्रतिष्पर्धामा नै जान सकेका छैनन्। २०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा सोही