नेकपा एमालेको टिकट अस्वीकार गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका छन् । आफूसहित मधेस प्रदेश जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई जिताउन स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका हुन् । साहले आफ्नो संयोजकत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा जिल्ला संयोजकहरू समेत चयन गरेका छन् । उनको अभियानअन्तर्गत पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहतमा त्रिभूवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम सा