काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले विवाह गरेर आएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने प्रावधानको विधेयक तुरुन्त लागु गर्न माग गर्दै सडकमा युवा उत्रिएको भन्दै आपत्ति जनाएका छन्।सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले युवा स्वार्थको गोटी बनेको आरोप लगाएका छन्। ‘जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ’, उनले ट्वीट गरेका छन्’, ‘तर,विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनी केही युवा सडकम