काठमाडौँ : जिल्ला अदालत काठमाडौँले उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुस श्रेष्ठलाई मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको छ।न्यायाधीश शिशिरराज ढकालको इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन शुक्रवार आदेश दिएको हो। जिल्ला अदालत, काठमाडौँको आदेशबाट सन्तुष्ट नभएपछि उपप्राध्यापक चलाउने उच्च अदालत पुगेका थिए।यसअघि श्रेष्ठ जिल्ला अदालतबाट साधारण तारेखमा छुटे पनि उच्च अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो। धरौटी नबुझाई फरा