उत्पादन नहुँदै मकै बिक्रीको चिन्ता

झापा गाउँपालिका –१ का कुमार गणेश न्यू अन्नपूर्ण कृषि समूहमा आवद्ध छन् । कृषि समूहका २ सय ८० जना कृषकले ४ सय ६५ विगाहमा हाइब्रिड मकै लगाएका छन् । गाउँपालिकामा मकै जोन सञ्चालनमा आएसँगै हाइब्रिड मकै खेतीतर्फ कृषकको आर्कषण बढेको गणेश बताउँछन् । उनले ५ विगाहमा हाइब्रिड मकै खेती गर्दै आएका छन् । खर्च कटाएर […]

सम्बन्धित सामग्री

आलु उत्पादन बढ्यो तर, बजार तथा भण्डारणको चिन्ता

जिल्लामा यस वर्ष आलु राम्रो उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु धेरै फलेको हो । जिल्लाको भूमे र सिस्ने गाउँपालिकाको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै आलु खेती गर्ने गरेका छन् । यहाँका किसानको बर्खायामको मुख्य बाली उत्पादन मकै, आलु र सिमी रहेको छ ।

धानका गाँज मर्न थाले,किसानलाई चिन्ता

जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन्।...

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

काठमाडौँ,१० भदौ । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् । उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ […]

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठ ताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविक भन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबारीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल ह

खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण बर्खेबाली सुक्न थालेको छ। खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित छन्।कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी पनि खडेरीका कारण बारीमै सुक्न थालेको छ। पानी नपरेका कारण खोलानाला सुक्न थालेका  छन्। धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताए। कुपिण्डे नगरपालिकाका नवीन पुनले मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घट्ने चिन्ता हुन थालेको बनगाडले बताए। ‘ गोडमेल ग

मलको अभाव यसवर्ष पनि उस्तै, उत्पादन घट्ने किसानको चिन्ता

दाङ – दाङमा रासायनिक मलको अभाव भएको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल आवश्यक परिसक्दा पनि मल नपाएको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीको गुनासो छ । ‘गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ’, उनले भने, ‘यस वर्ष पनि समस्या त्यस्तै छ ।’ मल […]

मकै र तरकारी पकेट क्षेत्रमा फौजी किराको प्रकोप

बाँके । बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएको छ । मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए ।  भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएकोले कलिलो मकैको डाँठ खाइदिएपछि बिरुवा सुक्न थालेका उनको भनाइ […]

बाँकेको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

बाँकेमा मकै तथा तरकारी खेतीको पकेट क्षेत्र मानिने हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।  मकै र तरकारीको पकेट क्षेत्रमा फौजी किरा देखिएपछि यसपालि उत्पादन राम्रो नहुने चिन्ता बढेको हिरमिनियाका अगुवा किसान जयपाल मौर्यले बताए । उनका अनुसार भर्खरै हुर्कँदै गरेको मकैमा फौजी किरा देखिएको छ । यसले कलिलो मकैको डाठ खाइदिएपछि बिरुवा सुक्न थालेका छन् ।किराले तरकारीमा पनि असर पुर्याएको छ । डुडुवा–६ मा पर्ने हिरमिनियामा सिँचाइको व्यवस्था भएकाले मकैका साथै व्यावसाय

दुई महीनादेखि डीएपी मल गोदाममै, मकै किसानले पाएनन् मल

विराटनगर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको गोदाममा ४५ हजार बोरा डीएपी मल थन्किएको २ महीना भएको छ । मकै छर्ने मौसम शुरू भइसक्दा पनि किसानले डीएपी मल पाएका छैनन् । कम्पनीे भने मल विक्रीका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट वितरणको आदेश पर्खेर बसेको छ ।  सुनसरीको झुम्काका किसान प्रदीप काफ्ले भन्छन्, ‘मकै छर्नुअघि नै मल पाइएन, गोदाममा थन्क्याएर किसानलाई भारतीय कमसल मल प्रयोग गर्न सरकारले नै बाध्य बनाइरहेको छ ।’ सुनसरीको छिटाहाका किसान भुवनेश्वर यादवले ६ बिगाहामा छरेको मकै उम्रिसक्यो । यसका लागि आवश्यक डीएपी मल लिन उनी पटकपटक विराटनगरस्थित कृषि कम्पनीमा धाइरहेका छन् तर मल पाउन सकेका छैनन् ।  उनीहरूको चन्द्रोदय कृषि सहकारी संस्थामा ६८२ किसान आबद्ध छन् । झन्डै १०० हेक्टर जमीनका लागि उनीहरूलाई १०० टन मल चाहिन्छ । तर, कृषि सामग्रीले दामासाहीले वितरण गर्दा जति आउँछ उनीहरू बाँडेर लिन्छन् । अरू चाहिने बाँकी मल पारिबाट चोरी भई भित्रिएको किन्न बाध्य छन् । अहिले खेतमा मकै र उखुका लागि मल चाहिएको छ । तर, कृषि कम्पनीले वितरण गरेको छैन ।  गढी गाउँपालिकाका किसान श्यामसुन्दर चौधरी पनि मल हुँदाहुँदै पनि वितरण नहुँदा आश्चर्यमा छन् । उनको त्रिशक्ति कृषि सहकारीमा १०० किसान आबद्ध छन् जसको झन्डै ८ सय हेक्टर जमीन छ । मकै र उखुमा डीएपी हाल्ने समय भइसक्दा पनि मल नपाउँदा उनी निराश छन् ।  कृषि सामग्रीमा मल छ, १र२ सातामा वितरण हुन्छ भन्छन् तर वितरण गर्दैनन् । यसले गर्दा उत्पादन बढेर हुर्की जाने चिन्ता किसानमा छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका निमित्त प्रमुख कृष्ण लामिछानेले २ हजार २५० टन डीएपी आएको र गोदाममा राखिएको बताए । उनले किसानलाई प्रतिबोरा २२ सयमा विक्री गर्ने गरी मल आए पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट आदेश नआएकाले विक्री गर्न नसकिएको बताए ।  प्रदेश १ को माग झन्डै ७० हजार टन रहे पनि अहिले २ हजार २५० टन मात्र आएको छ । यहीबाट २ नम्बर प्रदेश पनि पठाउनुपर्ने र १ नम्बर प्रदेशका १४ जिल्लामा पनि वितरण गर्नुपर्नेछ । तर, आदेश आएको छैन यस कारण वितरण हुन सकेको छैन । प्रदेश १ को कृषि मन्त्रालयले कुन जिल्लामा कति मल पठाउने भन्नेबारे स्पष्ट पारे पनि माथिको आदेश नआएकाले आफूले वितरण गर्न नसकेको उनले बताए । नेपाल सरकार र भारत सरकार बीच जी टु जी सम्झौता बमोजिमको युरिया मल आए किसानलाई यसपटक राहत हुने उनको भनाइ छ ।

किवी खेतीमा रमाउँदै उपमेयर दम्पती

धनकुटा : तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किवी खेती सुरू गरेको सात वर्ष भएको छ। उनले टेलिभिजनमा किवी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा किवी खेती सुरु गरेका थिए।सुरुका दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भन्दा पनि देवीप्रसादलाई कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। इलामबाट २०० वटा विरुवा ल्याएर मकै‚ कोदो खेती गरिरहेको जमिनमा उनले किवी खेती सुरु गरेका थिए। नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएकाले लगानी खेर जान्छ कि राम्रो आम्दान