सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण बर्खेबाली सुक्न थालेको छ। खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित छन्।कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी पनि खडेरीका कारण बारीमै सुक्न थालेको छ। पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन्। धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताए। कुपिण्डे नगरपालिकाका नवीन पुनले मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घट्ने चिन्ता हुन थालेको बनगाडले बताए। ‘ गोडमेल ग