पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनः बढ्न थालेका छ ।
गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।
नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ ।
गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना सङ्क्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा सङ्क्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्...